श्रीपञ्चमीका अवसरमा लिटिल वल्र्ड इङ्गलिश स्कुलमा सरस्वती पूजा सम्पन्न

0
122

भक्तपुर । लिटिल वल्र्ड इङ्गलिश स्कुल दुधपाटी भक्तपुरद्धारा श्रीपञ्चमीको पावन अवसरमा अक्षरारम्भ कार्यक्रम र दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल वितरण कार्यक्रमको आयोजना गरियो ।

विद्यालयमा भर्नाहुन आएका साना नानीहरुलाई सरस्वतीको पूजा आराधाना गराएर अक्षरारम्भ गराइयो । विद्यालयका प्रिन्सिपल उत्तर कुमार चवेगु तथा शिशु कक्षाकी संयोजक रिता हाछेथुले पुष्प गुच्छा र शैक्षिक सामग्रीहरु दिएर स्वागत गर्नु भएको थियो । श्रीपञ्चमीका अवसरमा १७ छात्रा र १६ छात्रा गरी ३३ जना विद्यार्थीहरुका अभिभावकले नयाँ विद्यार्थी भर्ना गराउनुभएको थियो ।
यसै गरी आजैका दिन विद्यार्थीहरुलाई दोस्रो त्रैमासिक परीक्षाको नतिजा पनि वितरण गरीएको कुरा विद्यालयका प्रधानाध्यापक उत्तर कुमार चवेगुले जानकारी दिनुभयो ।

विद्यार्थी केन्द्रित सिकाइलाई प्रभावकारी रुपमा अगाडी बढाउदै आएको लिटिल वल्र्ड इङ्गलिश स्कूलले नयाँ भर्ना गराउदा विद्यार्थीहरुलाई विशेष छुटको ब्यवस्था गरेको कुरा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनेश थापाले बताउनुभयो ।

उहाँले भक्तपुर नगरपालिकाको शिक्षा समितिको निर्णयानुसार स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गर्नेगरी विद्यालय ब्यवस्थापन समितिको निर्णयअनुसार पौष ५ गते देखिनै भौतिक रुपमा विद्यालयमै कक्षाहरु संचालन गर्दै आएको जानकारी दिनुभयो ।
कोरोनाको जोखिमका कारण बन्दाबन्दीको समयमा पनि विद्यार्थीहरुको पढाइलाई निरन्तरता दिनको लागि विद्यालयले बैकल्पिक सिकाईका माध्यमहरु प्रयोग गर्दै २०७७ असार २ गते देखि अनलाइन कक्षाहरु संचालन गर्दै आएको थियो ।

हाल यस विद्यालयमा प्लेग्रुप देखी कक्षा १० सम्मका कक्षाहरुमा १९३ छात्रा र २५८ छात्र गरी ४५१ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

Loading...