चाँगुनारायण नपाले नेपाल ईन्जिनियङ्ग कलेज संचालन कार्यबिधि २०७७ प्रति काँग्रेसको असहमती

0
377

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १ मा अवस्थित नेपाल ईन्जिनियरिङ कलेज संचालन कार्यबिधि २०७७ ल्याउन आफैमा गैर कानूनी भन्दै नेपाली काँग्रेसका प्रतिनिधिहरुले असहमती जनाएका छन् ।

नगरापालिकाको नगर सभामा कजेज संचालन सम्बन्धि कार्यबिधि बनाई ल्याउनु नै आफैमा गैर कानून भएको जनाउँदै काँग्रेसले यस प्रति असहमती जनाएको हो

पछिल्लो समय बिना कुनै जानकारी नेपाल ईन्जिनियङ्ग कलेज (NEC) का भएका सवै श्री सम्पतीहरु निजी या सरकारी या समाजिक के भन्नेतर्फ सम्मानित अदालतमा बिबाद परेको,मुद्दाहरु बिचाराधिन रहेको,कलेजलाई निजी या सरकारी भन्ने आन्तरिक बिबादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेप,आयोगका आयुक्त सँग आर्थिक मोलाहिजा भएको र सो सम्बन्धमा बिशेष आदालतमा मुद्दा बिचाराधिन हुदा हुदै चाँगुनारायण नगरपालिका बाट कलेज आफू सँचालन गर्ने भनि प्रस्ताव तयार पारि ल्याउनु आफैमा गैर कानूनी भएको भन्दै नेपाली काँग्रेसका प्रतिनिधिहरुले यसको विरोध र यसमा असहमती जानाएका हुन् ।
नेपाल सरकार शिक्षा मन्त्रालयमा पेश गरेको र सोही आधारमा मिति २०७६।८।२३ गते मन्त्रिस्तरीय निर्णयबाट ९ सदस्यीय संचालक समिति गठन गरेको भन्ने कुरा सार्वजनिक भएको, त्यो समिति गठनमा नेपाली काँग्रेसको कुनै संस्थागत सहमती तथा सहकार्य नभएको नेपाली काँग्रेस जिल्ला सहसचिब किरण न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त समितिमा रहनु भएकाब्यक्तिहरुको कस्को सहमतिमा रहनु भएको थाहा जानकारी नभएकोले उहाँहरुको सम्लग्नता ब्यक्तिगत मात्रै हो भन्ने कुरामा दृण हुन सबैमा उहाँले जानकारी समेत गराउनुभयो ।
नेपाल ईन्जिनियङ्ग कलेज (NEC) संचालन गर्न नेपाल सरकारले स्वीकृत गरेको भनि सार्वजनिक भएपछि नगर प्रमुख तथा उहाँसग नजिक हुनु भएका ब्यक्तिहरुलाई बिभिन्न नाममा सल्लाहकार, समिति उपसमितिका सदस्यहरु नियुत्ती गर्दै १० औ बर्ष देखिको आर्थिक अपारदर्शिता लाई अहिले बैधानिकता दिने प्रयत्नका साथ बिगतको आर्थिक,सामाजिक पक्षमा मौन बसी अदालतमा बिचारधिन बिषय तर्फ मौन बसी चाँगुनारायण नगरपालिकाले संचालनको लागि स्वीकृति लिएको भनेको मिति पश्चात पनि भएका आर्थिक क्रियाकलापको कुनै जानकारी तथा लेखापरिक्षण समेत नगरी नगरपालिकाको हाल चलेको नगर सभामा नेपाल ईन्जिनियङ्ग कलेज (NEC) संचालन कार्यबिधि २०७७ छलफलको लागि पेश भएको भन्ने समाचार प्रति नेपाली काँग्रेस चागुनारायण नगर समितिको गंभिर असहती रहेको जानकारी गराउदै नेपाल ईन्जिनियङ्ग कलेज (NEC) का सम्बन्धमा निम्न लिखित धारण रहेको सार्वजनिक गर्दै नेपाली काँग्रेसका तर्फवाट उम्मेदवार भै निर्वाचित नगर सभा सदस्यहरुलाई पार्टीको धारण बमोजिम अगि बढ्न तथा पार्टीको निर्णय मुताविक आफ्ना गतिीबिधि सँचालन गर्न नेपाली काँग्रेसको बिधान नियमावली बमोजिम तल भएको यो निर्देशन जारी गर्दछ भन्दै नेकको सवालमा नेपाली काँग्रेसले स्पस्ट धारण राखेको छ ।

नेपाल ईन्जिनियङ्ग कलेज (NEC) का सम्बन्धमा
नेपाली काँग्रेस
चागुनारायण नगर समितिको धारणा

भक्तपुर जिल्लाको उत्तरी क्षेत्र पबित्र एवं एतिहासिक चागुनारायण मन्दिरको काखमा तत्कालिन अवस्थामा नेपाली काँंग्रेसका तर्फबाट निर्वाचित चागुनारायण गा.बि.स.का अध्यक्ष स्व.श्री जानकी प्रसाद कूईकेल,दुवाकोट गा.बि.स.का अध्यक्ष श्री बद्री प्रसाद प्रधान र झौखेल गा.बि.स का अध्यक्ष श्री धर्मराज थापामगर ज्यूको पहल तथा शिक्षा सेवीहरुको मिहेनतका साथ २०५१ सालमा चागुनारायण गा.बि.स.को वडा नं.८ र दुवाकोट गा.बि.स. को वडा नं.५ मा रहेको बेसीमा रहेको सयौं रोपनी पर्ति जग्गाको भोगाधिकार प्रदान गरेर नेपाल ईन्जिनियङ्ग कलेज (NEC) को स्थापना भयो । ०५३ सालबाट संचालन भए पश्चात यस क्षेत्रमा सामाजिक,आर्थिक एवं शैक्षिक क्षेत्रमा प्रगतिको शुरुवाती भयो । यस क्षेत्रका थुप्रै जेहेन्दार बिद्यार्थी तथा अन्य बिद्यार्थीहरुले अध्ययन गरी इन्जिनियर हुन सफल हुनु भयो भने थुप्रै स्थानियहरुको रोजगारीको स्थल पनि बनेको छ । हाम्रा तत्कालिन नेताहरुको उक्त कदम ले यस क्षेत्रको मुहार फेरिन पुगेको मा गौरवान्वित हुदै,
नेपाल ईन्जिनियङ्ग कलेज (NEC) का संचालकहरुले कलेज संचालनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सामाजिक संस्थाको रुपमा मिति २०६०।५।४ मा द.न.५५२ बाट दर्ता भए पश्चात यो कलेजले सामाजिक उद्देश्य बोकेको थियो भन्ने कुराम बिबाद छैन । सामाजिक रुपमा संस्था दर्तां ऐन २०३४ अन्र्तगत दर्ता भएको संस्था भएकाले स्थानिय सवैको चासो र सरोकार रहन पाउने कानूनी अधिकार रहेको छ । कलेज संचालनमा रहनु भएका शिक्षा सेवीहरुको ब्यक्तिगत पहल तथा आर्थिकश्रोत ब्यबस्थापनमा अथक योगदान भएकाले कलेजमा सदैव निजी या सामाजिक सरकारी भन्नेमा बिबाद,असहमती का स्वरहरु सुनिन आएको ,ती आवाजहरुमा नेपाली कांग्रेस सग आवद्द बिभिन्न तह तप्काका साथीहरुको संस्थागत एवं ब्यक्तिगत उपस्थिति भई कलेज संचालनमा सहयोग गर्दै आएको कुरा प्रति सहमति हुदै ,
नेपाल ईन्जिनियङ्ग कलेज (NEC)का संचालकहरुले कलेजको बार्षिक आय ब्यय हिसाव किताव को लेखापरिक्षण तथा गर्नु पर्ने कानूनी दायित्व प्रति बिस्तारै वेवास्ता गदै बर्षौ सम्म सार्वजनिक नभएको कारण त्यहा नेपालको दुर जराज बिपछडिएका बस्तीबाट आफ्नो जीवनभरको कमाई र सम्पती बेचेर पढ्न पठाएका बिद्यार्थीहरुवाट उठाईएको करोडौ रुपैयाको कुनै हिसाव किताव नहुनु,पटक पटक ति हिसाव कितावको सार्वजनिकी करण गर्नु भन्दा संचालकहरु आपसमा मिलेका अवस्थामा गुपचुप गर्ने,नमिलेको अवस्थामा स्थानिय राजनैतिक अगुवा,सामाजिक आर्थिक पक्षका प्रतिष्ठित महानुभावहरु गुहार्ने प्रचलन भएको,आफ्नो निहित स्वार्थ पुरा भएपछि पुन स्थानियलाई कुनै वास्ता नगर्ने कृयाकलाप प्रति सचेत हुदै,
नेपाल ईन्जिनियङ्ग कलेज (NEC)का संचालक हरुको आन्तरिक खिचातानीका बिच मिति २०७४।१। २५ गते निजी कम्पनीका रुपमा एकजना ब्यक्तिका नाममा दर्ता भएको भन्ने कुरा सार्वजनिक भएपछि गरिव नेपालीहरुले आफ्नो थाक थलो बेची सुन्दर भविष्यका लागि लगानी गरेका जनताको सम्पतीमा संचालकहरुले बिभिन्न बहानामा गिद्दे दृष्टि लगाएको,ती कार्यहरु सधै गैरकानूनी हुन भने कलेजमा भष्ट्राचार,बेथिति,अनियमितता,मनोमानी कार्य हुदै आएकोमा नेपाली काँग्रेसले सधै बिरोध गर्दे आएको स्मरण गर्दै,
पछिल्लो समय बिना कुनै जानकारी नेपाल ईन्जिनियङ्ग कलेज (NEC) का भएका सवै श्री सम्पतीहरु निजी या सरकारी या समाजिक के भन्नेतर्फ सम्मानित अदालतमा बिबाद परेको,मुद्दाहरु बिचाराधिन रहेको,कलेजलाई निजी या सरकारी भन्ने आन्तरिक बिबादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेप,आयोगका आयुक्त सग आर्थिक मोलाहिजा भएको र सो सम्बन्धमा बिशेष आदालतमा मुद्दा बिचाराधिन हुदा हुदै चागुनारायण नगरपालिका बाट कलेज आफू स.चालन गर्ने भनि प्रस्ताव तयार पारि नेपाल सरकार शिक्षा मन्त्रालयमा पेश गरेको र सोही आधारमा मिति २०७६।८।२३ गते मन्त्रिस्तरीय निर्णयबाट ९ सदस्यीय संचालक समिति गठन गरेको भन्ने कुरा सार्वजनिक भएको,त्यो समिति गठनमा नेपाली काँग्रेसको कुनै संस्थागत सहमती तथा सहकार्य नभएको,समितिमा रहनु भएकाब्यक्तिहरुको कस्को सहमतिमा रहनु भएको थाहा जानकारी नभएकोले उहाँहरुको सम्लग्नता ब्यक्तिगत मात्रै हो भन्ने कुरामा दृण हुदै,
नेपाल ईन्जिनियङ्ग कलेज (NEC) संचालन गर्न नेपाल सरकारले स्वीकृत गरेको भनि सार्वजनिक भएपछि नगर प्रमुख तथा उहासग नजिक हुनु भएका ब्यक्तिहरुलाई बिभिन्न नाममा सल्लाहकार, समिति उपसमितिका सदस्यहरु नियुत्ती गर्दै १० औ बर्ष देखिको आर्थिक अपारदर्शिता लाई अहिले बैधानिकता दिने प्रयत्नका साथ बिगतको आर्थिक,सामाजिक पक्षमा मौन बसी अदालतमा बिचारधिन बिषय तर्फ मौन बसी चागुनारायण नगरपालिकाले संचालनको लागि स्वीकृति लिएको भनेको मिति पश्चात पनि भएका आर्थिक क्रियाकलापको कुनै जानकारी तथा लेखापरिक्षण समेत नगरी नगरपालिकाको हाल चलेको नगर सभामा नेपाल ईन्जिनियङ्ग कलेज (NEC) संचालन कार्यबिधि २०७७ छलफलको लागि पेश भएको भन्ने समाचार प्रति नेपाली काँग्रेस चागुनारायण नगर समितिको गंभिर असहती रहेको जानकारी गराउदै नेपाल ईन्जिनियङ्ग कलेज (NEC) का सम्बन्धमा निम्न लिखित धारण रहेको सार्वजनिक गर्दै नेपाली काँग्रेसका तर्फवाट उम्मेदवार भै निर्वाचित नगर सभा सदस्यहरुलाई पार्टीको धारण बमोजिम अगि बढ्न तथा पार्टीको निर्णय मुताविक आफ्ना गतिीबिध स.चालन गर्न नेपाली काँग्रेसको बिधान नियमावली बमोजिम यो निर्देशन जारी गर्दछ ।
१) नेपाल ईन्जिनियङ्ग कलेज (NEC) हाम्रा पुर्खाको महत्वपूर्ण चिनो भएको कारण कलेज संचालन हुनु पर्ने,सार्वजनिक एवं सरकारी सम्पतीलाई आज सम्म भरपुर प्रयोग गरी आफ्नो उद्देश्य पुरा नभए पछि यो निजी कि सार्वजनिक भनि बिबाद निकाल्ने कार्य आफैमा दुरासय पूर्ण रहेको निष्कर्ष निकाल्दै सार्वजनिक या निजी भन्ने बिषयमा सम्मानित अदालतमा मुद्दा नै परि बिबाद भएबाट सम्मानित अदातलबाट हुने निर्णय प्रति नेपाली काँग्रेस सहमति गर्दछ ।
२) नेपाल ईन्जिनियङ्ग कलेज (NEC) मा आर्थिक बेथिति भएको,त्यहाका सार्वजनिक एवं सरकारी श्रोत साधन लाई प्रयोग गरी भएका आय आर्जनलाई आफ्नो निजी बनाउने कुनियत सहित का कार्यलाई ढाकछोप गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग बिबाद परीसो आयोगका आयुक्तलार्ई समेत प्रभावमा पारेको उपर भष्ट्राचार मुद्दा हाल सम्म बिचाराधिन रहेको कारण त्यहा करोडौ दरले र्आिर्थक अनियमितता भएको प्माणित हुदा जव सम्म ती आर्थिक बिषयमा कलेज प्रशासन,हाल आफू संचालक भउको भनि गर्भ गर्ने चागुनारायण नगरपालिकाले स्वेत पत्र जारी नगरुन्जेल सम्म कार्यबिधि स्वीकृत गर्नु भनेको बिगतका सवै आर्थिक अनियमितता,बेथितिलाई स्वीकार्नु हो धारण रहेको छ ।
¬३) नेपाल ईन्जिनियङ्ग कलेज (NEC) कलेजलाई नगरपालिकले संचालन गर्ने भन्ने कुरा सुन्दा राम्रो हो,तर त्यो भित्र लुकेको मनसाय प्रति हामी सचेत छौ । कलेजमा हाल कति कर्मचारी,कति शिक्षक प्राध्यापक रहेका छन,तिनीहरुको पारिश्रमिक,भक्ता,सेवा सुबिधा,बिद्यार्थी सग लिईने शुल्क आदिका बिषयमा केही नखुलाउनु भनेको राम्रो नियत होईन ।
४) नेपाल ईन्जिनियङ्ग कलेज (NEC)कलेजमा बिद्यार्थीबाट लिईने शुल्क अत्यन्त महगो भएको,अन्य सोही स्तरका कलेज नेपाल ईन्जिनियङ्ग कलेज (NEC) को भन्दा आधा शुल्कमा अध्ययन अध्यापन गराईरहेको सन्र्दभमा किन शुल्क बढी भयो सो सम्वन्धमा स्पष्ट नभई गरिव नेपालीका छोरा छोरीहरुले पढ्ने कलेजमा शुल्क घटाउनु पर्नेमा अझै बढाउने बदनियत देखिन्छ ।
¬५) स्थानिय वडाहरुका जेहेन्दार बिद्यार्थिहरुलाई दिईने छात्रबृति कलेजको दयामा होईन,हाम्रा पुर्खाको सरकारी तथा सार्वजनिक सम्पतीको प्रयोग गरेकोकारण हाम्रो अधिकार हो तसर्थ यो छात्रबृति संख्या अझ बढाउनु पर्दछ ।
५) नेपाली काँग्रेस सधैव सकारात्मक सोचका साथ अघि बढ्छ । नेपाल ईन्जिनियङ्ग कलेज (NEC)लाई साच्चै चागुनारायण नगरपालिकाले संचालन गर्न खोजेको हो,यहाका शैक्षिक,आर्थिक अनियमितता लाई अन्त्य गर्न खोजको हो भने खुल्ला रुपमा सह्दय सर्वपक्षिय राजैनति,सामाजिक आर्थि शैक्षिक रुपमा छलफल गर्न ,भावी योजना बनाउन,यस क्षेत्रको शैक्षिक उड्डयनमा सहयोग गर्न तयार रहेको छ । जव सम्म हाम्रा लक्ष्य उदेस्य प्रति स्पष्ट हुदैनौ तव सम्म पाईला चाल्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै नेपाल ईन्जिनियङ्ग कलेज (NEC) स.चालनका सम्बन्धमा हामी खुल्ल ,कुनै निहित स्वार्थ नराखि छलफल गर्न,नगरपालिका तथा सरोकार वालाहरु सग सहमती सहकार्य गर्न तयार रहेको जानकारी गराउदै नेपाल ईन्जिनियङ्ग कलेज (NEC) संचालन कार्यबिधि २०७४ हाल पास नगर्न नगराउन नगर प्रमुखलाई आग्रह गर्दै जवर्जस्ती गर्न खोजेमा जुनसुकै प्रतिकार गर्न तथा उत्पन्न हुने परिणामको जीम्वेवारी लिन नगरप्रमुख तथा नेतृत्वलाई सचेत गराउदछ ।
नगर सभा सदस्यहरु

Loading...