भ्रष्टाचारमा कर्मचारी मात्र दोषी छैनन : मसिना खड्का

0
21

राजनीति दलहरुले र सरकारले सोच्नै पर्ने कुरा हो राजनीतिक अवस्था पटकपटक परिवर्तन भए ता पनि कर्मचारी संयन्त्र भने कहिले परिवर्तन भएको हुँदैन ,मलाई लाग्छ कर्मचारी संयन्त्र पनि समय अनुकूल हेरेर परिवर्तन गर्दा हरेक क्षत्रमा सुदृढ गराउन सकिन्छ कि ।
किन की कर्मचारी संयन्त्रको भूमिका महत्वपूर्ण हुन पर्ने थियो तर त्यो खासै देखिएन,प्रदेश देखि स्थानीय तहसम्म कर्मचारीको वृहद् सञ्जाल भए ता पनि यो सञ्जालले त्यति काम गर्न सकेको छैन ।
स्थानीय तहमा बढी भ्रष्टाचार भयो भन्ने कुरा जनताको धेरै गुनासो बाहिर आयको कुरा सबैलाई अबगतनै छ,
तर भ्रष्टाचार हुनुमा कर्मचारी मात्र दोसि छैनन किन कि उनीहरुलाई जीवन यापन गर्न पुग्ने तलव दिनु नै देशको उन्नति को लागि पहिलो आबश्यता हो, अनि स्थानीय तहको लागि आवश्यक पर्ने कानून निर्माण नगरिनु अत्ति जरुरी देखिन्छ किन भने विभिन्न कारक तत्वहरुको कारणले पनि भ्रष्टाचार गर्न बाध्य भएको हुनु पर्छ । त्यसैले जिम्मेवार निकाय सरकारी तवरबाट यी विषयहरुमा सुधार गरेर कर्मचारीको तलब बाढायो भने मात्र भ्रष्टाचार निर्मुल पार्न सकिन्छ र कर्मचारी सहि भयो भनी मात्र देशलाई समृद्ध बनाउन सकिन्छ।
त्यसैले कर्मचारी तन्त्रलाई सोच्च र जनता को न्याय मुखी बनायर कार्यमुखी बनाउनु नै आजको मुल आवश्यकता हो जस्तो लागेको छ,किनकी हरेक सरकारी संयन्त्र कर्मचारीको माताहतमा चलेको हुन्छ।

मसिना खड्का भण्डारी
नेपाली कंग्रेस उद्योग ब्यापार बिभाग
केन्द्रिय सदस्य

Loading...