विप्लवमाथिको प्रतिबन्ध फुकुवा, वार्ता टोलीको घोषणा

0
96

भक्तपुर । सरकारले झण्डै दुई वर्षदेखि लगाउँदै आएको नेकपा विप्लवमाथिको राजनैतिक प्रतिबन्ध भोलि फुकुवा गर्ने भएको छ ।

संसदीय व्यवस्थाको विकल्पमा जनवादी जनगणतन्त्रको लागि जनमत संग्रहमा जाने विप्लव समूहले वार्ताको प्रमुख एजेन्डा तय गरेको बुझिएको छ ।

सरकार र विप्लव समूह दुवैले वार्ता टोली भोलि नै घोषणा गर्ने भएका छन् । सम्भवतः बन्दीप्रत्यक्षीकरणको निवेदन हालेका विप्लव नेता धर्मेन्द्र बाँस्तोला पनि भोलि नै सर्वोच्च अदालतको आदेशमा छुट्नेछन् ।

टोलीमा बाँस्तोला रहने प्रवल सम्भावना रहेको स्रोतको दाबी छ ।

Loading...