फोर्थ हल अफ दी फ्रेम खुला फुटसलको उपाधि सूर्य फुटसलको पोल्टामा

0
8

भक्तपुर । फोर्थ हल अफ दी फ्रेम खुला फुटसलको उपाधि सूर्य फुटसलको पोल्टामा परेको छ । ख्वप फुटसल प्रालिको आयोजनामा आइतबार भएको फाइनल खेलमा वी प्लेलाई दुई शुन्यले पराजित गरी उपाधि आफनो पोल्टामा पार्न सूर्य फुटसल सफल भएको हो । शनिबार र आइतबार दुई दिन भएको प्रतियोगितामा २२ वटा टिमहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा प्रथम हुने सूर्य फुटसललाई नगद रु ५० हजार र दोश्रो हुने वी प्लेलाई २० हजार नगदसहित प्रमाणपत्र वितरण गरियो । कार्यक्रममा वर्ष उत्कृष्ट खेलाडीद्धय मण्डेकाजी श्रेष्ठ र काजोल श्रेष्ठ, लेजेष्ट प्लेयर मिलन हाडा र वर्ष उत्कृष्ट खेल अनलाइन खेलपाटी डटकमलाई सम्मान गरियो ।
कार्यक्रमलाई यो फुटसल सुरु भएदेखि प्रत्यके वर्ष आर्थिक सहयोग गर्दै आएको निर्माण सामाग्री कम्पनी गोर्खा इको प्यानलले यसपटक पनि सहयोग गरेको थियो । कम्पनीले यस पटक पनि आर्थिक तथा भौतिक सहयोग गरेको थियो । समापन तथा पुरस्तकार वितरण कार्यक्रममा सहयोग गर्दै आएको गोर्खा इको प्यानलका महाप्रबन्धक इन्जिनियर जीवन खाइतूले उत्कृटहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । आफूहरुले खेलको विकासका लागि प्रत्येक वर्ष प्रतियोगितामा प्रायोजक भई सहयोग गर्दै आएको त्यस अवसरमा उनले बताए ।
तस्वीर छन् ।