बागमती गाउँपालिकाको आठौं गाउँसभाद्धारा एक दर्जन कानुन पारित

0
14

ललितपुर । ललितपुरको बागमती गाउँपालिकाको आइतबार सम्पन्न आठौं गाउँ सभाले एक दर्जन कानुन पारित गरेको छ । गाउँपालिकामा आवश्यक पर्ने विभिन्न कानुनका विधेयकलाई गाउँसभामा सभाका सदस्यहरुले दफावार छलफल गरी पारित गरेको हुन् ।
गाउँसभाले टोल विकास संस्था कार्यविधि , व्यवसाय कर सम्बन्धी कार्यविधि , स्थानीय वातावरण तथा प्राकृतिक स्रोतको सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँपालिकाको संरक्षित वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण कार्यविधि , गाउँपालिकाको वातावरण संरक्षण नियमावली गाउँसभाले पारित गरेको हो ।
त्यस्तै बागमती गाउँपालिकाको क्षेत्रभित्र नदिजन्य पदार्थ सङ्कलन र उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि , बागमती गाउँपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका, उपाध्यक्ष महिला शसक्तिकरण कार्यक्रम कार्यविधि, गाउँपालिकामा विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक , बागमती गाउँपालिका आपतकालिन कार्य सञ्चालन केन्द्र कार्यविधि , बागमती गाउँपालिकाको विपद व्यवस्थापनको सञ्चालन कार्यविधि, बागमती गाउँपालिकाको लैङ्गीक हिंसा निवारण कोष सञ्चालन कार्यविधि पारित गरेको बागमती गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले गाउँसभाले गाउँपालिकालाई आवश्यक पर्ने कानुन पारित गरेको र अब कार्यान्वयनमा ल्याउने बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले गाउँसभाले पारित गरेको कानुनलाई कार्यान्वयनमा ल्याई सुशासन कायम गर्न आफूहरु क्रियाशिल रहने बताउनु भयो ।