अंग प्रत्यारोपण केन्द्रबाट कोभिड १९ पछि आठ वटामात्रै प्रत्यारोपण

0
22

भक्तपुर । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कोभिड १९ पछि आठ वटामात्रै प्रत्यारोपण गरेको जानकारी दिएको छ ।
कोरोना भाइरस संक्रमणको महामारीपछि केन्द्रले हालसम्म ८ जनामा मात्रै मृगौला प्रत्यारोपण गरेको हो । जसमध्ये एकजनाको मृगौला अस्वीकृत अर्थात रिजेक्ट हुँदा झिकेर फाल्नुपरेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवालीले जानकारी दिए ।
उनले ती व्यक्तिको मृगौला रिजेक्ट भए पनि बिरामीको ज्यान जोगाउन सफल भएको दावी गरे ।
उनले कोभिड १९ को कारण अन्य अस्पतालमा प्रत्यारोपण सुरु नै नहुँदा केन्द्रले सुरु गरेकोसमेत बताए । यस्तै केन्द्र सहज परिस्थिती भएमा विगतमा जस्तै प्रत्यारोपणका काम सुचारु समेत हुने जानकारी दिएका छन् ।