मुनाफाको २० प्रतिशत रकम खेल क्षेत्रमा खर्च गर्ने गरि क्लब मध्यपुर संचालनमा

0
214

भक्तपुर । आफ्नो आम्दानीको २० प्रतिशत रकम खेल क्षेत्रमा खर्च गर्ने गरि तीन करोडको लगानीमा क्लब मध्यपुर सञ्चालनमा आएको छ ।
विगतका दिनमा खेलाडी भएपछि दुःख पेप्नु पर्ने खलासीले सम्म पनि हेप्ने गरेको सम्झदै अवका दिनमा खेलाडीहरुको उत्थानका लागि आफूहरु लाग्ने बताउँदै क्लव मध्यपुरका अध्यक्ष अष्ट कवेले आम्दानीको २० प्रतिशत खेल र समाजसेवामा लगानी गर्ने गरि मध्यपुर थिमि नगरपालिका वडा नम्बर ३ कौसलटार चोकमा क्लव मध्यपुर संचालनमा ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार
१३ गते बिहीबार देखि सञ्चालनमा आउन लागेको क्लब मध्यपुरले फिट्नेस,बडी बिल्डिङ,एरोबिक्स,जुम्बा,स्टिम,साबना,स्नुकरका साथै बर्गर हाउस समेत सञ्चालन गर्नेछ।
कांग्रेसका युवा नेता तथा पूर्ब अन्तर्राष्ट्रीय बक्सिङ खेलाडि अष्टकुमार कबेंले आफुले विगतका दिनमा खेलमा लाग्दा पाएको हन्डर अवका खेलाडीले भोग्नु नपरोस भन्ने हेतुले खेलाडि उत्पादन गर्नुका साथै स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य क्लबले राखेको जानकारी दिनुभाये । क्लबको मुख्य कार्यालय लोकन्थलीमा रहने र देशै भरि शाखा खोलिने उहाँको भनाई छ। करोडौंको लगानीमा सञ्चालनमा आउने क्लबमा अत्याधुनिक मेसिनहरू राखिएको छ।