दुई गोलको अग्रता लिएर पनि डर्टमुन्ड वार्यन म्युनिखसँग पराजित, लेवान्डोस्कीको ह्याट्रिक

0
9

काठमाडौं । जर्मन बुन्डेस लिगामा वार्यन म्युनिखले बोरुसिया डर्टमुन्डलाई ४(२ गोलले पराजित गरेको छ।
खेलमा डर्टमुन्डले नौं मिनेटभित्र दुई गर्‍यो। दुवै गोल हाल्यान्डले गरेका थिए। उनले दोस्रो र नवौं मिनेटमा गरे।

त्यसपछि वार्यन खेलमा फर्कियो। उसका लागि रोबर्ट लेवान्डोस्कीले २६, ४४ र ९० मिनेटमा पेनाल्टीमा गोल गरेर ह्याट्रिक पूरा गरे।
८८ मिनेटमा गोरेट्काले थप गोल गरे।

लिगको अंक तालिकाको शीर्ष स्थानको रहेको वायर्नले २४ खेलबाट ५५ अंक जोडेको छ।

दोस्रो स्थानको आरबी लाइपजिगको ५३ अंक छ। डर्टमुन्ड ३९ अंकसहित छैटौं स्थानमा छ।