किसान साकोसको २० औं बार्षिक साधारण सभा

0
45

मध्यपुर थिमि । किसान बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमि दुईपोखरीको २० औं बार्षिक साधारण सभा फागुन २७ गते सम्पन्न भएको छ ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आयोजित उक्त सभामा संस्थाका अध्यक्ष नरेश श्रेष्ठले संस्थाका बार्षिक प्रतिवेदन पेश गर्दै सामाजिक तथा आर्थिक विकास मार्फत समाजमा छरिएर रहेका पुँजी संकलन गरी कृषि व्यापार तथा साना ब्यापार क्षेत्रमा सहुलियत दरमा ऋण प्रदान गर्ने सोचका साथ संस्था अगाडी बढिरहेको बताउनुयो । उहाँले सहकारीताको भावना विकास गरी देशको आर्थिक विकासमा सक्दो टेवा पु¥याउने लक्ष्य लिएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले संस्थाले शेयर सदस्यहरूको सरसल्लाह अनुसार आप्mनै भवन खरिद गर्ने कार्यमा तीब्रगतिमा अघि बढिरहेको भन्दै आगामी बर्षमा संस्थाको शेयरपुँजी बृद्धि गर्ने योजना रहेको समेत बताउनुभयो ।
संस्थामा आर्थिक वर्ष २०७६÷७७ को अन्तसम्ममा १ हजार ८ सय ३४ जना शेयरसदस्यहरूबाट ६९ लाख २६ हजार १ सय रूपैयाँ शेयर रकम संकलन गरेको बताउनुभयो । सोही अवधिमा विभिन्न शिर्षकका बचत खाताहरूबाट ९ करोड ९० लाख ९९ हजार ७ सय ८० रूपैयाँ बचत रकम संकलन गरेको भन्दै अध्यक्ष श्रेष्ठले सोही अवधिमा ९ करोड ३१ लाख १७ हजार २६ रूपैयाँ ऋण लगानी गरेको समेत बताउनुभयो । उहाँले संस्थाले सोही आवमा ३ लाख ६२ हजार ६ सय २४ रूपैयाँ कर पछि खुद नाफा गर्न सफल भएको समेत बताउनुभयो । सभामा संस्थाका सचिव श्यामसुन्दर श्रेष्ठले संस्थाले बर्ष भरी गरेका विभिन्न गतिविधिहरूको बारे जानकारी दिदैं संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बालप्रेमी माध्यमिक विद्यालयमा अध्ययरत गरिव तथा जेहेन्दार ४ जना विद्यार्थीहरूलाई छात्रबृत्ति समेत उपलब्ध गराएको र नगरभित्रको सामाजिक तथा साँस्कृति गतिविधिमा समेत सहयोगहरू गराउदै आएको बताउनुभयो ।
सभामा संस्थाका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्दै संस्थासँग आव २०७६/७७ मा संस्थासँग १० करोड ९९ लाख २८ हजार ३ सय ४३ रूपैयाँको सम्पत्ति दायित्व रहेको भन्दै आगामी आर्थिक वर्ष २०७७/७८ को १३ करोड ९८ लाख ३९ हजार २ सय ७७ रूपैयाँको अनुमानित आयव्यय समेत पेश गर्नुभएको थियो । सभामा उद्घाटन गर्नुहुँदै मध्यपुर थिमि नगरपालिका सहकारी विभागका शाखा प्रमुख सुरेशकुमार राईले नगरभित्र रहेका सहकारीहरूको अवस्थाका बारेमा वोल्नु भएको थियो ।
नयाँ नेतृत्व चयन
यसैबीच यसैबीच सोही सभाले आगामी ४ वर्षका लागि पुनः नरेश श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । जसमा उपाध्यक्ष उत्तरकुमार श्रेष्ठ, सचिव श्यामसुन्दर श्रेष्ठ, कोषाध्यक्ष उपेन्द्र श्रेष्ठ रहेको छ भने सदस्यहरूमा क्रमशः शिवशंकर कर्माचार्य, रविन्द्रलाल श्रेष्ठ र शशिकृष्ण मानन्धर रहेका छन् । त्यसैगरी राजसुन्दर श्रेष्ठ संयोजक र निर्मला जोशी श्रेष्ठ, मिलन श्रेष्ठ सदस्य रहेको लेखा उपसमिति समेत सर्वसहमतीबाट चयन गरेको जनाएको छ । यसैबीच सभा सम्पन्न भएको उपलक्ष्यमा संस्थाले सोही साँझ स्थानीय बालकुमारी मन्दिर र सिद्धिकाली मन्दिर परिसर दिप प्रज्वलन कार्यक्रम समेत गरेको थियो ।