

काठमाडौं । स्पेनिस महारथी क्लब बार्सिलोनालाई समग्रमा ५-२ गोलले पछि पार्दै फ्रेञ्च च्याम्पियन पिएसजी युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बुधबार राति भएको दोस्रो लेग १-१ गोलको बराबरीमा सकिदा बार्सिलोनाको आसा पनि समाप्त भएको थियो।
यसअघि पहिलो लेगमा बार्सिलोना ४-१ गोलले पराजित भएको थियो।
बुधबार राति भएको खेलको ३० मिनेटमा पिएसजीले केलियन एमबाप्पेको गोलबाट अग्रता लियो।
३७ मिनेटमा बार्सिलोनाका लागि लिओनल मेसीले बराबरी गोल फर्काएका थिए।