म्यानचेस्टर सिटीको १४ अंकको अग्रता

0
5

काठमाडौं । इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि सानदार जित हात पारेको छ।

बुधबार राति भएको खेलमा सिटीले साउथह्याम्टनलाई ५-२ गोलले पराजित गर्‍यो।

पहिलो हाफमा तीन गोल गरेको सिटीले दोस्रो हाफमा दुई गोल थप्यो।

खेलको १५ मिनेटमा केभिन डे ब्रुइनले सिटीका लागि पहिलो गोल गरे। ४० मिनेटमा रियाद महारेजले सिटीको अग्रता दोब्बर पारे।

गुन्डोआनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दा सिटी पहिलो हाफमै सहज स्थितिमा देखियो।

सिटीका लागि ५५ मिनेटमा महारेजले टिमका लागि चौथो र ब्यक्तिगत दोस्रो गोल गरेका थिए।

५९ मिनेटमा डे ब्रुइनले पनि व्यक्तिगत दोस्रो गोल गर्दा टिमको अग्रता ५-२ मा पुगेको थियो।

साउथह्याम्टनका लागि वार्ड प्रोसले २५ र एडम्सले ५६ मिनेटमा गोल गरेका थिए।

जितसँगै शीर्ष स्थानको सिटीको २९ खेलबाट ६८ अंक भएको छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २८ खेलबाट ५४ अंक छ।