लिभरपुल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

0
6

काठमाडौं । इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

जर्मन क्लब आरबी लाइपजिगलाई समग्रमा ४-० गोलले पराजित गर्दै लिभरपुल अन्तिम आठमा पुगेको हो।

पहिलो लेगमा २-० गोलले विजयी भएको लिभरपुलले बुधबार भएको दोस्रो लेगमा पनि समान अन्तरकै जित निकाल्यो।

लिभरपुलका लागि मोहमद सलाहले ७० मिनेटमा पहिलो गोल गरे। उनले जोटाको पासमा गोल गरेका थिए।

साडियो मानेले ७४ मिनेटमा टिमको अग्रता दोब्बर पारे। उनलाई गोल गर्न ओरिगीले पास दिएका थिए।