सरकारमा मन्त्री रहेका पूर्वमाओवादी नेताहरुलाई सरप्राइज दिने प्रधानमन्त्रीको तयारी

0
254

काठमाडौं । नेकपा एमालेमा गृहमन्त्रीसमेत रहनु भएका रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष बन्ने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेका बेला आफ्नो पक्षमा लागेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई नेकपा (एमाले)मा सम्मानजनक स्थान दिने तयारी थाल्नु भएको हो ।

 

तत्कालीन नेकपा एमालेमा पाँच जना उपाध्यक्ष हुनुहुन्थ्यो । एमालेका उपाध्यक्षहरूमा भीम रावल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, वामदेव गौतम र युवराज ज्ञवाली रहनु भएको थियो । तपाईंलाई जानकारी गराउ कि अहिले भण्डारी राष्ट्रपति हुनुहुन्छ ।

एमालेका उपमहासचिव बिष्णु पौडेलले संकटका बेला ओलीलाई साथ दिने माओवादी केन्द्रका अन्य नेताहरूलाई पनि उचित स्थान दिने बताउनुभयो । पूर्वमाओवादी नेताहरु सांसद पदसमेत त्याग गर्न तयार राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभाका उहाँहरूलाई उचित र सम्मानजनक स्थान दिने ओलीको तयारी रहेको छ ।

उहाँले ओलीतिर लागेकाहरूलाई के पद दिने अहिले टुंगो नभएको र त्यो उहाँहरुका लागि ‘सरप्राइज’ हुने बताइएको छ । अहिले पूर्वमाओवादीका प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा रहनु भएको छ । उहाँहरु सबैजना ओली सरकारमा मन्त्री रहनु भएको छ ।