शिवपुरी गाउँपालिकाद्धारा अध्यक्ष कप फुटवल प्रतियोगिता हुँदै

0
107

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाले चैत १८ गतेदेखि अन्तरपालिका अध्यक्षकप फुटवल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । जिल्लाभित्रको पालिकाबीच आपसी सद्भाव कायम गर्दै “अध्यक्ष कप फुटवल” प्रतियोगिता आयोजना गरेको हो ।
सो प्रतियोगितामा सहभागि भइ प्रथमः हुने समूहलाई प्रमाणपत्र सहित छ लाख रुपियाँ, दोस्रो हुनेलाई चार लाख, तेस्रो हुनेलाई समूहलाई दुई लाख प्रदान गरिने शिवपुरी गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जिल्लामा दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले फुटवल खेलको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “यस खेलबाट जिल्लाभित्र लुकेर बसेका खेलाडीका पहिचान हुने र गाउँपाकिामा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुग्नेछ ।”
उक्त प्रतियोगितका लागि अहिले तयारी धमाधम भइरहेको शिवपुरी गाउँपालिकाले जनाएको छ ।