चाँगुनारायण नगरपालिकाका दुई दर्जन युवा विभिन्न पार्टी परित्याग गर्दै माओवादी प्रवेश

0
600

भक्तपुर । चाँगुनारायण नगरपालिकाका दुई दर्जन हाराहारी युवा विभिन्न पार्टी परित्याग गर्दै माओवादी केन्द्र प्रवेश गरेका छन् ।
हिजोका दिनमा आफू रहेको पार्टीले देशलाई तथा समाजलाई पनि निकास दिन नसक्ने भन्दै उनीहरु माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
सूर्यविनायकमा आयोजित वाईसियल नेपालको बैठकमा उनीहरु नेकपा एमाले, रप्रपा, नेपाली काँग्रेस, नेमकिपा लगाएतका पार्टी परित्याग गर्दै नेकपा माओवादी प्रवेश गरेका वाइसियल भक्तपुरका संयोजक नरेश वाइवाले जानकारी दिनुभयो ।
उनीहरूले आफ्नो साविकको पार्टीले युवाको भावनालाई सम्वोधन गर्न नसकेको कारण ती पार्टीबाट दिक्क भई माओवादी प्रवेश गरेको जनाए ।
युवाहरूलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज क,दिलिप प्रजापति, बिशेष अतिथि क,डिपी ढकाल, वाइसिएल इन्चार्ज दिनेश थपलिया आक्रोस संयोजक नरेश वाईबा लगाएतका युवाले उनीहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।