भक्तपुरमा टिपरकाे ठक्करबाट एककाे मृत्यु

0
427

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.१० चितापोलमा शनिबार भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । चितापोलको भित्री सडक खण्डमा नलिन्चोकबाट चितापोलतर्फ जाँदै गरेको बा. ४ ख. ९८१० नं.को खाली टिपरले नलिन्चोकतर्फ आउदै गरेको मे. ८ प. ८३९७ नं.को मोटरसाइकललाई  ठक्कर दिंदा घाइते मोटरसाइकलमा पछाडी सवार सोलुखुम्बु दुधकुण्ड गाउपालिका वडा नं. ११ घर भई हाल काठमाडौ हात्तीगौडा बस्ने वर्ष ५९ की सीताकुमारी कार्कीको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार घाइते कार्कीलाई भक्तपुर अस्पताल दुधपाटी ल्याइएकोमा उपचारकै क्रममा साँंझ चार बजे चिकित्सकले मृत्यु घोषणा गरेको हो । परिसरका सूचना अधिकृत दीपक गिरीले मोटरसाइकल चालक मृतकको छोरा वर्ष ३४ को प्रकाश कार्कीलाई केही नभएको जनाइए । घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं.१३ बस्ने वर्ष २३ को सुनिल तामाङ र दुवै सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।