भक्तपुरको ताथलीबाट आठ जुवाडे पक्राउ

0
204

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ४५ वर्षीय बिष्णु थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने  ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६५ हजार १ सय ८० रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई जगाती चाैकिमा राखेर अनुसन्धान भई रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।