

भक्तपुर । मदन ग्लानको प्रस्तुतीमा ‘छुम्सी थान्बा माया‘ सार्वजनिक भएको छ । एक समारोह बिच पुर्व संविधानसभा सदस्य तिर्थ लामाको प्रमुख आतिथ्यतामा छुम्सी थान्बा सार्वजनिक भएको हो ।
भक्तपुर सुर्यविनायक स्थित अजिमा पार्टी प्यालेसमा वृहत् साँस्कृतिक कार्यक्रमका बिच उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
गायक मदन ग्लानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तामाङ समुदायको चर्चित कलाकारहरुले सांगीतिक प्रस्तुतिहरुको साथमा मिस तामाङलाई सम्मान कार्यक्रम समेत राखेका थिए।
सार्वजकि भएको ‘छुम्सी थान्बा माया’मा शब्द, संगीत ज्ञानदास तामाङको रहेको छ भने मदन ग्लान र जितु लोप्चनको सुमधुर आवाज सुन्न सकिनेछ।
चाँद सिंले एरेञ्ज गरेको उक्त गीतको मिक्सिङ मास्टर गोविन्द सोनि रहेको छ ।
विवेक लामा र विकास प्रसाईं को संयुक्त निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियोमा गायकद्धय मदन ग्लानको साथमा सुचना थोकरको अभिनय रहेको छ भने छायांकन कलर विवेक लामा, ड्रोन क्याप्टेन सुरज लामा गोम्जाको रहेको छ ।