घिमिरेको अध्यक्षतामा गुण्डू सामुदायिक सिकाइ केन्द्र पुनःर्गठन

0
19

भक्तपुर । गुण्डू सामुदायिक सिकाइ केन्द्र पुनर्गठन गरी माधवप्रसाद घिमिरेको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ ।

मंगलवार सूर्यविनायक नगरपालिका वडा नं. ७ मा आयोजित कार्यक्रममा घिमिरेको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति पुनःर्गठन गरिएको हो । उक्त समितिमा अभय श्रेष्ठ (सानुबाबु), ईश्वर थापा, राजकुमार बस्नेत, कविता दाहाल, सुमन परियार, नगेन्द्र सापकोटा, अम्बिका बस्नेत र रञ्जना छुंका (खुलिमुली ) चयन हुनु भएको छ

पुनःर्गठित पदाधिकारीलाई बधाइ ज्ञापन गर्दै सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले सामुदायिक सिकाइ केन्द्रले वडा भित्रका विभिन्न सामाजिक कार्यमा सक्रिय रूपमा सहभागि भइ सामुदायिक विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सामुदायिक सिकाइ केन्द्रको विधानले सिकाइ केन्द्रले, शिक्षा, बचत तथा ऋण, फोहोर व्यवस्थापन, साँस्कृतिक सम्पदा संरक्षण लगायत विभिन्न क्षेत्रमा काम गर्न सक्ने बाटो खुल्ला गरेकाले पुनःर्गठित समितिले उक्त क्षेत्रमा काम गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिक शिक्षा तथा खेलकुद शाखाको अधिकृत उल्झन अधिकारीले गुण्डू सामुदायिक सिकाइ केन्द्र पुनःर्गठित भएसँगै अम्बल सिकाइ केन्द्र बनेर अगाडि आउन आग्रह गर्नुभयो ।

वडाध्यक्ष पदेन सदस्य रहने सामुदायिक सिकाइ केन्द्रको विधान अनुसार सामुदायिक विद्यालयको प्रधानाध्यापक, गैरसरकारी संस्थाका प्रतिनिधि, सहकारी क्षेत्रका प्रतिनिधि, बुद्धिजिवी, नागरिक समाजका अगुवा लगायतका व्यक्ति सामुदायिक सिकाइ केन्द्रमा रहन सक्ने व्यवस्था गरिएको छ ।