भद्रबासको आदर्श माविले नयाँ भवन पाउनेभयो, मेयर थापाबाट शिलान्यास

0
27

भद्रबास । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.३ भद्रबासमा अवस्थित श्री आदर्श माध्यमिक विद्यालयले नयाँ भवन छिटै पाउने भएको छ । एक समारोह बिच मंगलबार नयाँ भवनको शिलान्यास गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले भद्रबासमा रहेको श्री आदर्श माध्यमिक विद्यालयको नयाँ भवनको आज शिलान्यास गर्नुभएको हो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख थापाले नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको थियो ।
नगरपालिकाले शिक्षा र स्वास्थ्यको साथ साथै पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, रोजगारी सिर्जना लगायतका क्षेत्रलाई पनी प्राथमिकता दिएको नगर प्रमुख थापाको भनाई थियो ।
विद्यालयको भवन निर्माण पछी पठन पाठन र विद्यालयबाट हुने नियमित कार्यहरु सञ्चालन गर्न सहज हुने कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राममणी पुडासैनीले बताउनुभयो ।
लामो समय देखि शिक्ष क्षेत्रमा आफ्नो अग्रीणी योगदान दिदै आएको विद्यालय अव नयाँ भवन र नयाँ जोशका साथ अगाडी बढने समेत उहाँले बताउनुभयो । भवन र कक्षा कोठा थप सँगै विद्यालयमा नयाँ शिकाईका विषयवस्तुहरु पनि समेटिने उहाँको भनाई थियो । इतिहाँस बोकेको विद्यालय पुरानो भवन र भुकम्पका कारण जिर्ण भवनमा अध्ययन अध्यापन गराउन कठिन भएका समयमा नयाँ भवन सँगै विद्यालयका अन्य क्रियाकलापमा पनि बढोत्तरी हुने उहाँकले बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षकहरु र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।