माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु तीनजना अनुपस्थित

0
6

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । स्थायी समितिमा १५ सदस्य भएपनि १२ जना मात्र उपस्थित छन्, तीनजना अनुपस्थित छन् ।
चक्रपाणी खनाल, देवेन्द्र पौडेल र गिरिराजमणी पोखरेल बैठकमा सहभागी हाल सम्म भएका छैनन् । काठमाडौं बाहिर रहेकाले उनीहरु सहभागी नभएको माओवादी स्रोतले बताइएको छ ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल केन्द्रित रहेको र निर्णय लिन सकिने देखिएको छ ।

केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लिने निर्णयका लागि अब धेरै दिन नलाग्ने बताएसँगै आज बसेको स्थायी समिति बैठकले उक्त कुरा पारित गर्ने सबैले आंकलन काटी रहेका छन् ।