भक्तपुरमा राजश्व तथा कर नीतिसम्बन्धी अन्तरक्रिया

0
37

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय, भक्तपुरको सहयोगमा राजश्व तथा कर नीति सम्बन्धी एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रममा संघका सदस्यहरु लगायत भक्तपुर जिल्लाका उद्योग व्यवसायसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्दै राज्यलाई कर तिर्नु सम्पूर्ण नागरिकको दायित्व हो र हामी उद्यमी व्यवसायीहरुले पनि राष्ट्रको समृद्धिमा योगदान पु«¥याई रहेको हुनाले सरकारले पनि उद्योग व्यवसायको समस्या र संकटको बेला केही राहत मिल्ने कार्यक्रम अघि ल्याउनु पर्ने विचार व्यक्त गरे । प्रविधिको बिकाससँगै कर भ्याटमा दर्ताका साथै सहज रुपमा कर दाखिला गर्ने, कर छुट पाउने विषयमा कार्यक्रमका सहभागीहरुले जानकारी प्राप्त गर्ने विश्वास गर्नु भयो ।

आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत गगन बहादुर विकले यस्ता कार्यक्रमले व्यवसायीहरुको कर सम्बन्धी ज्ञान अभिबृद्धि भइ आय कर, भ्याट, व्यवसाय कर सित सम्बन्धित कार्य गर्न सहज हुने बताए । उनले करसम्बन्धी कुनै पनि प्रकारका समस्याहरु भए निर्धक्क जिज्ञासा राख्न समेत अनुरोध गरे ।

सोही कार्यक्रममा कर अधिकृत उद्धवराज न्यौपानेले करमा दर्ता गर्ने प्रक्रिया, आवश्यक विवरणहरु तथा कर सम्बन्धी प्रावधानहरुबारे जानकारी प्रस्तुत गर्नु भएको थियो भने राजश्व अनुसन्धान विभागका अधिकृत सुरेश बसौलाले मालवस्तु तथा ढुवानी साधन अनुगमन प्रणालीसम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए ।

भक्तपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले राजश्व दाखिलामा मुख्य भूमिका रहेको उद्योग वाणिज्य क्षेत्र उपेक्षित हुन नहुने र कोभिड–१९ को महामारीले जरजर बनेको व्यवसायहरुलाई राज्यको तर्फबाट प्रोत्साहन मिल्नु पर्नेमा जोड दिए । संघका कार्यसमिति सदस्य तथा राजश्व परामर्श समितिका संयोजक राजेन्दप्रसाद प्रजापतिले कार्यक्रमको औचित्यतामाथि प्रकाश पारे ।

कार्यक्रममा संघका महासचिब रोशनीमैंया धौबञ्जाले पनि बोलेकी थिइन भने सहभागीहरुले कर र यससित सम्बन्धित विषयहरुमा जिज्ञासा राखेका थिए ।