नेपाल पत्रकार महासंघ भक्तपुरका सबै पदाधिकारी निर्विरोध निर्वाचित

0
368

भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरका सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
महासंघ जिल्ला शाखा भक्तपुरमा अध्यक्ष जगत प्रजापति उपाध्यक्ष सुन्दर शिल्पकार महिला उपाध्यक्ष लिला श्रेष्ठ, सचिव सन्जीप घिमिर, कोषाध्यक्ष विनोद कोजू , सहसचिव समावेशीमा सुमन श्रेष्ठ र खुललामा हेमराज ढकाल, महिला सदस्यमा कन्चन किसि सदस्य आदिवासीमा किरण सुवाल तथा सदस्यहरुमा दिनेश कार्की, विकास थापा प्रहर, राजकुमार लामिछाने , रजल छुंका हरिशुन्दर, रामगोपाल तमखु, रुपक ढुंगाना , सञ्जीब प्रसाद दुलाल, सविना केसी, हरिशरण बास्तोला निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै प्रदेश परिषद सदस्यमा जितेन्द्रराज शिल्पकार, धुर्वराम थापा, नारायण थापा, प्रविण लाखे, भेष वहादुर कार्की, मणिराम लामिछाने, मिना घोरासाईने, राममणी बराल, रामकृष्ण शंखदेव, रोशनराज अर्थाल, सुरेश कुमार सायजु, संगम लामा निर्विरोध निर्वाचित भएका छन् ।

केन्द्रिय परिषद सदस्यमा गोपाल खनाल, जीवन ढुंगाना, नविना खर्वुजा, पूर्णभक्त दुवाल, पेशल आचार्य निर्विरोध निर्वाचित भएका छन् ।