कोरोनाका नयाँ प्रकारको भाइरस बढ्यो जात्रा औपचारिकतामा सिमित गर्दा ठिकः जनस्वास्थ्य अधिकृत (भिडियो सहित)

0
28

भक्तपुर । कोरोनाको नयाँ प्रकारको भाइरको खतरा बढे सँगै भक्तपुमा पनि जोखिम थपिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण वहादुर मिजारले बताउनुभएको छ ।

उहाँका अनुसार नजिकिदै गरेको जात्राका कारण देश भरबाट जम्मा हुने हजारौंको भिडका कारण नयाँ भाइरसको खतरा बढेको बताउनुभएको हो ।
नेपालमा पनि नयाँ भाइरस को जोखिम बढेको छ । यसका कारण (डीसीसीएमसी) को निर्णयलाई मान्दै विस्का जात्रालाई रोक्नु पर्ने उहाँको माग रहेको छ ।

कोरोना भाइरस नेपालः चीनले दिएको कोभिड खोप भक्तपुरमा चैत्र २५ गतेदेखि लगाइने
कसलाई लगाइन्छ चिनियाँ खोप
चीनबाट प्राप्त भेरोसेल खोप भक्तपुरमा पनि दिईने जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले जानकारी दिनुभयो ।

उहाँका अनुसार भक्तपुरको कोरिया मैत्री अस्पतालबाट २५ गते देखि खोप दिने प्रबन्ध मिलाइएको जानकारी दिनुभएको छ ।

अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, चीन सरकारको छात्रवृत्तिमा चीनमा पढ्ने विद्यार्थीहरू, हिमालयपार व्यापारमा संलग्नहरू तथा चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्तिहरूले ती खोप लगाउन सक्नेछन्, उहाँले जानकारी दिनुभयो ।