लगातार दोस्रो दिन पनि काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित शहर

0
43

काठमाडौं। काठमाडौं शहर लगातार दोस्रो दिन विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको छ । सोमबार बिहानदेखि काठमाडौं पटक पटक प्रदूषित शहरको शीर्ष स्थानमा रहँदै आएको छ। मंगलबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २८४ पुगेको छ । सोमबार बिहान ९ बजे प्रदूषण बढेर ३३१ एक्यूआई रहेको थियो।मौसममा आएको खरावीका कारण पनि अहिले पनि काठमाडौं सर्वाधिक प्रदूषित हुन पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चैत १० गतेपछि निरन्तर रुपमा नेपालमा डढेलो लागेका कारण पनि प्रदूषण थप बढ्दै गइरहेको छ। आइतबार मात्रै नेपालमा ७ सय भन्दा बढी जंगलमा डढेलो लागेको थियो। हावा प्रदूषित भएसँगै स्वासप्रश्वासका बिरामीसमेत बढेको चिकित्सकहरु बताउँछन्। काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन्।

वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन्।