विस्काः जात्रामा गर्न रोक नलगाईयोस भन्दै सर्वोच्चमा रिट: रिट निवेदन सहित

0
817

भक्तपुर । कोरोना महामारीको नयाँ रुप देखा परेको र संक्रमण फैलन सक्ने भन्दै आगामी २८ गते देखि भक्तपुरमा हुने विस्काः जात्रामा रोक नलगाईयोस भन्दै सर्वोच्चमा रिट दायर भएको छ । जिल्ला स्तरीय कोविड १९ संकट ब्यवस्थापन संचालन केन्द्रले कोरोनाको नयाँ भाइरस फैलन सक्ने भन्दै विस्काः जात्रामा रोक लगाएसँगै अधिवक्ता राजकुमार सुवालले सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा तथा जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलाल लगायतका व्यक्तिको उपस्थितिमा बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र DCCMC भक्तपुरको ४५ औं बैठकले कोरोनाको कारण देखाउँदै विस्का जात्रा रोक्न सूचना जारी गरेको थियो ।
नेवा समुदायको साँस्कृति जात्रा पर्व विस्काः जात्राको समयमा आएर निर्वाध रुपमा मेला महोत्सव तथा राजनीतिक सभा सम्मेलन गर्न हुने तर पर्व मनाउन भने राक लगाउनु भक्तपुरबासीको हक हनन भएको बताउँदै उनले सर्वोच्चमा रिट दायर गरेका छन् ।
नेपालको संविधानको धारा १८ ले प्रद्त्त समानताको हक हनन हुने गरी गरिएको निर्णय सम्पूण भक्तपुर बासीका लागि मान्य नभएको उनले बताए ।
International Convenant on Civil and Political Rights   को धारा १,२,१८,३६ समेतको विपरित जाँदै प्रशासन नगरपालिका गुठी संस्थान लगाएतले सूचना जारी गर्दै विस्काः रोक्न खोज्नु कानूनत गलत भएको उनको ठम्याई छ । नेपालको संविधानको धारा ३२(२)ले प्रद्दत आफ्नो साँस्कृति जीवनमा सहभागी हुन पाउने हक हनन भएको भन्दै आफूले उक्त हकका लागि रिट दायर गरेको बताए । यस्तै धार ३२ कै (३)ले प्रद्दत समस्त नेवा तथा अन्य समुदायले आफ्नो संस्कृति , साँस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हकबाट कसैले पनि बञ्चीत गर्न नसक्ने हुँदा प्रशासनले चैत २२ गते गरेको बैठकको निर्णय उत्प्रेषणको आदेश बदर गरिनु पर्ने उनको माग रहेको छ ।
आफ्नो साँस्कृतिक जीवनमा कसैले पनि रोक लगाउन नपाउने भन्दै उनले उक्त निर्णय र्फिता लिँदै जात्रा रोक्न नपाउने भन्दै नेपालको संविधानको धारा १३३(२) र(३) बमोजिम परमादेश तथा अन्य उपयुक्त आदेश माग गर्दै निवेदन पेश गरेका छन् ।
सुवालले राखेको रिट उपर सर्वोच्चले चैत २५ गते सुनुवाई गर्ने भएको छ ।

विस्काः जात्रा रोक नलाउन सर्वसाधारको माग
विस्काः जात्रामा महामारी फैलन सक्ने भन्दै रोक लगाएसँगै दैनिक जसो भक्तपुरबासीले विरोध गर्दै प्रर्दशनी गर्दै आएका छन् । मंगलवार पनि नगर परिक्रमा गर्दै उनीहरुले विरोध गरेका छन् । हजारौंको संख्यामा स्वत स्फूर्त उत्रेको जनमासले नेवा साँस्कृतिमाथीको हमला कदाचित उचित नभएको भन्दै विरोध गरेका छन् ।
यस्तै प्रशासनको निर्णय फिर्ता लिन दवाव दिदै उनीहरुले प्रमुख प्रशासन कार्यालय भक्तपुर नगरपालिकाको कार्यालय घेराउ समेत गरेका थिए ।

साना जात्रा गर्नु अरु रोक भक्तपुर नगरपालिका
भक्तपुर नगरपालिकाले पनि रथ तान्ने तथा लिंगो उठाउने जात्रामा भने रोक लगाउँदै साना जात्राहरु भने गर्न पाउने भन्दै निर्णय गरेको छ । भक्तपुर नगरपालिकाले सोमबार बसेको बैठकले विभिन्न टोलमा मनाईने जात्राहरुमा भने रोक नलगाएको भन्दै विज्ञप्ती जारी गरेको हो ।
उक्त विज्ञप्ती जारी गरे सँगै भक्तपुर नगरवासीले विरोध गर्दै साना टोलका जात्राबाट रोग नफैलने तर रथ तान्दा फैलन कस्तो भाइरस आएको भन्दै विरोध गरेका छन् ।

भक्तपुरमा नयाँ भाइरस हाल सम्म देखा परेको छैन जनस्वास्थ्य
देसका विभिन्न स्थानमा नयाँ भाइरसको संक्रमण फैलिएको भएपनि हाल सम्म भक्तपुरमा भने यसको जोखिम भएपनि भाइरस देखा नपरेको जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण मिजारले जानकारी दिए । उनका अनुसार हाल दैनिक पहिला भन्दा केही बढि मात्रामा कोरोनाका विरामी देखिएपनि नयाँ भाइरस भने नदेखिएको जानकारी दिए । उनले थपे नयाँ भाइरको जोखिम भने नभएको हैन तर हाल सम्म यो भक्तपुरमा भने देखा परेको छैन ।