राप्रपाको नेतृत्व दोस्रो पुस्तालाई दिनु पर्छः रिद्धिप्रताप जबरा

0
179

एक चिर परिचित समाजसेवी अनुहार स्पस्ट बक्ता रिद्धिप्रताप जबरालाई नचिन्ने कमै होलान । निडर र स्पष्ट वक्ता जबरा राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको केन्द्रीय सदस्य र काठमाडौँ जिल्ला अध्यक्ष हुनुहुन्छ । जबरा माया नेपाल संस्थाको केन्द्रीय अध्यक्ष, रिकभरी नेपालको केन्द्रीय कोषाध्यक्ष र डिस्कभरी सिटीको सहयात्रीको रुपमा कार्यरत रहनु भएको छ ।
समाजसेवा नै राजनीति हो भन्ने भावनाको कमिहुँदा राजनीति कमाउ धन्दा भएको समयमा एक असल समाजसेवीका रुपमा चिर परिचित रहँदै आउनुभएका उहाँसँग राप्रपाको भविष्य अव कता भन्ने विषयमा राजेश दिदियाले गर्नुभएको कुराकानी ।

मुलुकको वर्तमान राजनीतिक अवस्थालाई कसरी लिनु भएको छ

यति वेला मुलुकको वर्तमान अवस्था द्धन्दग्रस्त छ । कम्युनिष्टहरुको एकतन्त्रिय शासन भए पनि आपसमै फुटेर देशलाई फेरि पनि चुनावमै लिएर गए तर सर्वोच्च अदालतले मानेन ः त्यसलाई अस्वीकार गर्यो । अब फेरि प्रधानमन्त्री केपी ओली चुनावकै कुरा गरिरहेका छन् । जसले गर्दा मुलुकको अबौँ नोक्सानी व्योहोर्नु पर्ने अवस्था छ । राष्ट्रपति देशको अभिभावकको रुपमा रहेको भए पनि पार्टी राजनीतिमै भूमिका निर्वाह गरिरहे देखिन्छ । जुन देश अहिले भ्रष्टाचारीको रुपमा चिनिन थालेको छ । यसको सम्पूर्ण जिम्मा ओलीलाई सबैभन्दा पहिला दिनु पर्छ । हामी विश्व मानचित्रमा गरिब देशको रुपमा चिनिँदै छौ । यसको मूल जिम्मा सत्तामा बस्नेहरुले तिर्नु पर्छ । यति बेला मुलुकको राजनीति सत्तामै केन्द्रीत छ । फेरि मुलुक अस्थिर हुने हो कि भन्ने यो आम जनताको चिन्ताको विषय हो । सरकारले कम्युनिष्टहरुलाई ५ वर्षे शासन गर्न दिएका हुन् तर कम्युनिष्टहरुकै आपसकै खिचातानीका कारण देश अस्थिरता तर्फ त जादैन यो चिन्ताको विषय हो ।

नयाँ सरकारको चलखेललाई कसरी हेर्नुभएको छ

कांग्रेस , कम्युनिष्ट सत्ताकै लागि लुछाचुडी गरिरहेका छन् । यही सेरोफेरोमा अहिले सत्ता संघर्ष भइरहेकोछ । खासगरी मधेशवासी दल जनता समाजवादी पार्टी (जसपा) को निर्णय कता आउछ उतै सरकार बन्ने अवस्था छ । जसपाको एक समूह केपी ओलीलाई साथ दिइरहेको छ भने जसपाको अर्को समुह कांग्रेस, माओवादी केन्द्र सहितको नयाँ गठबन्धनलाई साथ दिइरहेको देखिन्छ । यसरी हेर्दा यही सरकार कायम भइरहने देखिन्छ भने नयाँ सरकारको सम्भावना पनि त्यत्तिकै छ । राजपाले एउटा निर्णय तुरुन्त नगर्दा देशको राजनीति स्पष्ट हुन सकेको छैन । त्यसो त अन्तिममा आएर प्रमुख दलले राजपाको नेतालाई नै सरकारको नेतृत्व सुम्पने सम्भावना पनि रहेको देखिन्छ ।

राप्रपाको माग त निर्वाचन नै छ हैन र
अबको समयलाई पहिले पुनरावलोकन गरिनु पर्छ । जनताले कांग्रेसको सरकार हेरे, अहिले एमाले सरकार पनि हेर्दैछन् । माओवादी केन्द्रको सरकार पनि हेरे । तर उनीहरुको सत्तावाट जनताले के पाए त जनतासँग एक पछि अर्को गरी महँगो कर लादिएको छ । यति वेला देशमा अस्थीरता छैन । त्यसैले राप्रपाले जनतामा जान खोजेको छ । कांग्रेस कम्युनिष्ट बाटै अस्थिरता हुन्छ भने जनतामा जादा उपयुक्त हुन्छ भनेर राप्रपाले भनेको हो । त्यसो त हिजो र आजको अवस्था फरक छ । राप्रपा पहिले भन्दा अहिले धेरै बलियो छ । पहिले पार्टी अलग अलग नेता कार्यकर्ता अलगअलग भएर निर्वाचनमा भाग लिएका कारणले मात्र गत निर्वाचनमा राप्रपा कमजोर देखिएको छ । तर यति बेला राप्रपा देशै भरि बलियो अवस्थामा छ ।

आगामी राप्रपाको केन्द्रीय महाधिवेशनमा तपाईंको भुमिका कस्तो रहने छ
यसै शिलशिलामा आगामी वैशाख २५,२६, २७ र २८ गते राप्रपाको केन्द्रीय महाधिवेशन हुँदैछ । यो महाधिवेशनमा म एक जिम्मेवार प्रतिनिधिको रुपमा प्रस्तुत हुन्छु । पार्टीलाई नयाँ नेतृत्व दिलाउन आफ्नो तर्फबाट सव्रिmय भूमिका निर्वाह गर्छु । अब महाधिवेशनबाट तिन शिर्ष नेताहरु अभिभावकको रुपमा बसेर दोस्रो पुस्तालाई नेतृत्व दिनु पर्छ ।

हिन्दु राज्य र राजसंस्था राप्रपाको बटमलाइन हो तैपनि ककिन यस विषयमा मौन छ त
राजसंस्था र हिन्दु राज्य राप्रपाको बटम लाइन हिजो थियो, आज पनि छ । यस विषयमा हामी निडर भएर, जनतामाझ गइरहेका छौ । आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छौँ । राप्रपाको एजेन्डा हिन्दु राज्य र राजसंस्था नै हो । यो एजेण्डाबाट हामी अलिकति पनि पछि पर्नु हुँदैन । कोरोनाका कारण हामी केही समय जनतामाझ जान बिलम्ब भर्या होला, अन्यथा हामी आफ्ना एजेण्डा लिएर जनतामाझ नै छौं । सडक संघर्ष समेत गरिरहेका छौँ ।

राप्रपाले राजसंस्था र हिन्दु राज्यको आफ्नो एजेण्डा छोड्यो भने तपाई के गर्नु हुन्छ
यसै मेसोमा भन्नु पर्दा हिन्दु राज्य र राजसंस्थालाई नबोक्ने कुनै पनि नेतालाई हामी स्वीकार्दैनौ । किन भने यो पार्टीको मूल सिद्धान्त नै यहि हो । मूल सिद्धान्त छोड्नेलाई लखटिन्छ । यो सिद्धान्त पार्टीले छाड्दै छाड्दैनौं ।

मुलुकलाई निकास दिन अव कस्तो सरकारको आवश्यकता छ त
संघीयता, धर्म निरपेक्षता, गणतन्त्र पहिले खारेज हुनु पर्छ । साथै विदेशी इशारामा ल्याइएको यस प्रकारको एजेण्डा हामी मान्न तयार छैनौ । देश र जनताको पक्षमा उभिने आफ्नो धर्म संस्कृति परम्परा नछाड्ने स्वतन्त्र व्यक्तिको नेतृत्वमा संवदलीय सरकार यति वेला समयको माग हो । र यहि सरकारले नयाँ निर्वाचन गर्नु पर्छ ।

अव नयाँ निर्वाचन गए के जनताले साथ देलान्
नयाँ निर्वाचनमा जाँदा अब जनताले राप्रपालाई साथ दिने हामीले विश्वास लिएका छौ । जुन घरमा मन्दिरको घण्टी बज्छ, जुन घरमा दैनिक पूजापाठ हुन्छ, जुन घरमा हिन्दु संस्कार, संस्कृति छ, जसलाई देशप्रति माया छ, राजसंस्थाप्रति लगाव छ, सयौ राजा हुनु भन्दा एउटै राजा हुनु वेस हो । यहि विचार र सिद्धान्त बोकेकाले राप्रपालाई जनताले यसपटक सान्दार रुपले विजय गराउनेछन् भन्ने हामीले विश्वास लिएका छौँ ।

फेरि राप्रपा महाधिवेशनमा फर्कौ, आगामी महाधिवेशनमा तपाई कुन च्यानलमा लाग्नु हुन्छ
यसै मेसोमा राप्रपाको महाधिवेशन हुँदैछ । म यस महाधिवेशनमा च्यानलमा नलागी इमान्दार युवा नेता भएर प्रस्तुत हुन्छु । व्यक्ति विषय पक्ष लिन्न । म जस्तै धेरै युवाहरुले यहि विचार गरेको मैले पाएको छु ।

तपाईं केन्द्रमा कस्तो भुमिका रहन्छ त
हजारौको संख्यामा बसेर कट्पुतली हुनु भन्दा क्षेत्रमा राजा भएर जनता र पार्टीको काम गर्छु । आगामी निर्वाचन सम्म संगठन विस्तार गर्छु । र यहि क्षेत्रबाट उठ्ने छु, जित्ने पक्का छ । अहिले पनि यो क्षेत्रमा सेवक भए जनताको काम गरिरहेको छु । अब देशभर राप्रपाको लहर आउनेवाला छ । केन्द्रदेखि स्थानीय तहसम्म नेता–कार्यकर्तामा एकता भएमा भोलिको देशको नेतृत्व राप्रपाले गर्ने पक्का छ । भोलिको वैकल्पिक शक्ति भनेको राप्रपा हो । राप्रपाबाटै हिन्दु राज्य र राजसंस्था उदाउने छ । यसमा सबै ढुक्क भए हुन्छ । अवको शक्ती भनेको नै राजसंस्था हो जनता कम्युनिष्ट र काँग्रेसको ब्यवहारबाट हुक्क भई सकेका छन् ।

राप्रपाका अवको अध्यक्ष को हुने त भन्ने नै छ तपाईंको धारणा के छ
अवको राप्रपाको अध्यक्ष भनेको युवा पुस्ता नै हुनु पर्छ भन्ने मेरो माग हो र यसैका लागि म लड्ने पनि छु । अव सहमती र सहकार्यलाई साथ दिदै हामी अगाडी बढनुको विकल्प पनि छैन । जनतामा भएको राजनीति प्रतिको तिक्ततालाई मेटाउँदै नयाँ पुस्ता राजनीतिमा आउनु पर्छ भन्ने नै मेरो स्पस्ट धारणा हो । यसैमा म प्रतिवद्द पनि छु ।