गुण्डुको ज्योती माविमा वादविवाद

0
93

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर ७ गुण्डुमा अवस्थित ज्योती माध्यमिक विद्यालयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । बालअधिकार सचेतना समूहले विद्यालयमा वादविवाद कार्यक्रम सम्पन्न गरेको हो ।


धन भन्दा विद्या ठूलो भन्ने विषयमा भएको वादविवाद प्रतियोगितामा बालअधिकार सचेतना समूहद्धारा बालकार्यक्रममा कक्षा ७ देखि १० सम्मका विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा कक्षा दशमा अध्यनरत कृतिका श्रेष्ठ प्रथम भएकी थिईन , यस्तै कक्षा नौ का सचना गौतम द्दितिय भएकी थिईन भने सदिक्षा शिल्पकार तृतिय भएकी थिईन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), वागमति प्रदेशको सहयोगमा बालअधिकार सचेता समूहले आयोजना गरेको उक्त कार्यक्रम विद्यालयमा पठ्य क्रम भन्दा बाहिरी ज्ञान दिनका लागि पनि भएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णलाल न्हेमाफुन्कीले बिद्यालयमा लामो समय पछि भएको कार्यक्रमले विद्यार्थी भाइबहिनीहरुमा पढ्ने भन्दा बाहेक बाहिरी कृलाकलापहरुमा पनि आफनो प्रतिभा देखाउने अवसर मिलाईदिनमा विशेष भुमिका निर्वाह गर्नेे इन्सेक लाई धन्यावद दिदै आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन बाल अधिाकार सचेतना समूहलाई साथ र सहयोग गर्न विद्यालय सधै तयार रहेको बताउनु भयो ।
कार्यक्रममा इन्सेक सहजकर्ता राजु मंग्रातिले बालअधिकार सचेतना समुहले गरेको कार्यक्रम उत्कृष्ठ रहेको र आउने दिनमा झन प्रतिस्पर्धा मुलक भए विद्यार्थीहरुको शैक्षिक लगायत अन्य क्षेत्रमा पनि क्षमता अभिबृद्धि हुने बताउनु भयो । कार्यक्रमका अध्यक्ष्य ताथा बालअधिकार सचेतना समुहका अध्यक्ष्य कृसल सैजुले गर्नु हुदै व्यवस्थापकिय जिम्मेवारी संरक्षक शिक्षक विन्दिरा खुलिमुली ले गर्नुभएको थियो भने कार्यक्रम संचालन बालअधिकार सचेतना समूहका कक्षा १० कि समिरा श्रेष्ठले गर्नु भएको थियो ।