रथ नासमाना पुग्दा ढुंगामुढा सुरु, किन छ त बिस्काः जात्रा बदनाम

0
132

भक्तपुर । विस्का जात्राका क्रममा नासमाना पुग्दा दुई पक्षमा ढुंगामुढा भएको छ ।  नासमानामा रथ नै रोकेर ढुंगामुढा भएको थियो ।
ढुंगामुढाका कारण रथ यतिकै रोकिएको थियो भने प्रहरीलाई यसका कारण हम्मे हम्मे परेको छ ।

किन छ त बिस्काः जात्रा बदनाम
भक्तपुरको सबैभन्दा लामो बिस्का जात्रा बिस्का जात्रा हो ।
भक्तपुरमा बिस्का जात्रा सुरु नहुँदै यस जात्राको क्रममा हुने ढुंगामुढा एवं झैझगडाको चर्चा बजारमा चल्ने गरेको छ । ढुंगामुढासँगै जात्राको क्रममा सर्वसाधारणको ज्यान समेत जाने भएकाले जात्रा सुरु संगै प्रहरी प्रशासनको टाउको दुःखाई पनि सुरु हुने गरेको छ । जात्रा शान्तिपूर्ण र व्यवस्थित गर्नकै लागि प्रहरी प्रशासन महिनदिनअघि देखि विभिन्न तयारी गर्दै आउने गरेको छ ।
लिच्छवी काल देखि सुरु भएको जात्रा पछिल्लो क्रममा भने बदनाम हुँदै गएको संस्कृतिविधहरु बताउँछन । उनीहरुका अनुसार इतिहाँस पल्टाएर हेर्ने हो भने २०२५ साल देखि मात्र विस्का बदनाम हुँदै गएको पाईन्छ । किन छ त विस्का बदनम कसैसँग यसको जवाफ भने छैन । किन हुन्छ त झगडा भन्दा इतिहास विदहरु बताउँछन ।

रथ तनाईले पनि हुन्छ झगडा !
सबैको बुझाई भैरवनाथको रथ तलमाथि (थने–क्वने) गरी दुई समूहमा बाँडेर तान्ने गरेकाले आफूतिर रथ तान्न सक्ने समूहले ढुंगामुढा गर्ने भन्ने बुझाइ रहँदै आएको छ । तर यथार्थ यस्तो होइन । लिच्छवी काल देखि नै यसैगरि रथ तानिदै आएको छ यो नै यसको विषेशता हो ।

रिस साँध्न ढुंगामुढा
प्रहरी र प्रशासन अनी नगरपालिकाको यो जात्रामा प्रत्यक्ष रुपमा उपस्थिती भएपछि यसमा ढुंगामुढा पनि थपिएको उनीहरु बताउँछन। प्रहरी एवं ट्राफिक प्रहरीबाट पीडितहरूले बिस्का जात्राकै क्रममा आफ्नो रिस पोख्ने सर्वसाधारणको भनाइ छ ।

मदक पदार्थ अत्यधिक सेवन
मादकपदार्थ सेवन गरेर जात्रामा सहभागी हुने कारण पनि ढुंगामुढा हुने बताउनेहरूको संख्या कम छैन । प्रहरी प्रशासनको बुझाइ पनि यही छ । जात्रामा नेपालभाषीहरुले भोज खाने एवं संस्कृति मान्ने क्रममा बढी जाँडरक्सी खाने हुनाले सामान्य विवादकै बीचमा ढुंगामुढा हुने गरेको प्रहरीको भनाइ रहँदै आएको छ ।
त्यसैले प्रहरी प्रशासनले जात्रा हुने क्षेत्रमा मादक पदार्थ बिक्री वितरणमा बन्देज लगाउँदै आएको छ । तर मापसे नगरि यो जात्रा नै मनाउन असंभव भएको स्थानिय बताउँछन् ।

कमजोर व्यवस्थापनले हुन्छ ढुंगामुढा
बिस्का जात्राको मुख्य आकर्षण भैरवनाथको रथ तानेर सम्बन्धित ठाउँमा र्पुयाउनु हो। अजंगको रथका चारवटा ठूला काठकै पाग्रा छन् । जुन केही दर्जन मान्छेको बलले हलचल गर्न हम्मे हम्मे हुन्छ। सयौं मान्छेले एकैबाजी एकै बलमा तानेमात्रै रथलाई गुडाउन सकिन्छ। फेरि साधारण बलले रथ तान्न सम्भव छैन ।
जति तान्दा पनि रथ टसमस नहुने र रथमा दर्जनौं अनधिकृत व्यक्ति चढ्ने भएकै कारण ढुंगामुढा हुने संस्कृतिकर्मी ओम धौभडेल दावी गर्छन्।
‘रथमा अनधिकृत मान्छे बसेपछि रथ तान्नेहरूलाई रिस उठ्छ’, उनी थप्छन, ‘उनीहरूलाई रथबाट झार्न अगाडि जे भेटिन्छ त्यसैले हान्ने गरिन्छ। यसरी हानिएको वस्तुबाटै ढुंगामुढाजस्तो ठूलो घटनामा परिणत हुन्छ।’
त्यस्तै रथ तान्न प्रयोग गरिने डोरी चुँडिँदा पनि जात्रालुले आक्रोश व्यक्त गर्ने क्रममा हुने घटना ढुंगामुढासम्म पुग्ने स्थानीय बताउँछन्।
त्यसैले जात्रा व्यवस्थापनमा कमजोरी हुने गरेकाले ढुंगामुढा र झैझगडा हुने गरेको स्थानीयको भनाइ रहेको छ ।