कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्षको निधन

0
70

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ।

मस्तिष्कघात भएका उनलाई वयोधा अस्पतालमा उपचार गरिएको थियो।

वडाध्यक्ष मालीको निधन भएको उनका परिवार स्रोतले जानकारी दिएको छ । उनको ‘अहिले नगरपालिका भवनअगाडि शोक सभा भइरहेको छ,’ ।

मालीको शव श्रद्धाञ्जलीका लागि अहिले कीर्तिपुर नगरपालिका कार्यालयको भवन अगाडि राखिएको छ।

माली नेकपा एमालेबाट गत २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई वडाध्यक्ष जितेका थिए।