चित्तपोल सिकाई केन्द्रको दिक्षान्त सम्पन्न, ५६ जना दिक्षित

0
30

भक्तपुर । चित्तपोल सिकाई केन्द्रले धिमेबाजा र थैली बनाउन तालिममा संलग्नलाई प्रमाणपत्र प्रदान गर्दै दिक्षान्त समारोह गरेको छ ।
चित्तपोल सामुदायिक सिकाई केन्द्रको संयोजनमा भिन्तुना साँस्कृति समाजबाट ३८ जनाले धिमे बाजार बजाउन सिकेका थिए । छ महिना सम्म बाजा बजाउन तथा आफ्नो परम्परा लाई निरन्तरता दिन प्रतिवद्द ३८ विद्यार्थीलाई आज एक कार्यक्रम मार्फत दिक्षित गरिएको सामुदायिक सिकाई केन्द्रकी सचिव मनसोभा सुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार धिमेबाजा सिकाउने तथा धिमेबाजा सिकाउन सहजिकरण गर्ने विभिन्न दाता तथा सहयोगीहातहरुलाई पनि उक्त कार्यक्रममा कदरपत्रबाट सम्मान गरिएको थियो ।


छ महिना सम्म लगातार गुरुहरु सुसिल सुवाल , सुदिप माक , रवी सुवालले चित्तपोलका युवालाई धिमेबाजा बजाउन सिकाएका थिए ।
यस्तै उहाँका अनुसार खेर जाने कपडालाई पनि कसरी प्रयोग गर्ने तथा थैली बनाउने भन्ने तालिम लिने महिलाहरुलाई पनि तालिमको प्रमाणपत्र प्रदान गरिएको थियो । तालिममा सहभागी १८ महिला दिदी बहिनीले अव घरमा नै बसेर पनि सानो सिप र लगानी तर आम्दानीको स्रोत जुटाउन सकुन भन्ने हेतुले थैली बनाउने तालिम प्रदान गरिएको सुवालले जानकारी दिनुभयो । सिकाई केन्द्रको संयोजनमा अहिले सम्म विभिन्न सिलाईका तालिम तथा अन्य विभिन्न तालिमको आयोजना गर्दै महिलाहरुलाई आर्थिक पाटोमा जोड दिदै आएको बताउनुभयो ।
थैली बनाउन सिकाउने प्रशिक्षक कृष्ण कपालीलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।
चित्तपोल सामुदायिक सिकाई केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य श्रृजना शैजू हुनुहुन्थ्यो भने कार्यक्रमको सभापतित्व केन्द्रका अध्यक्ष सूर्यभक्त त्वातीले गर्नुभएको थियो , यस्तै कार्यक्रममा भिन्तुना साँस्कृतिक समाजकी सचिब सुस्मीता सुवाल लगाएतका विभिन्न अतिथिको उपस्थिती रहेको थियो ।
दिक्षान्त सँगै नयाँ वर्ष २०७८ , विस्का जात्राको शुभकामना आदन प्रदान पनि गरिएको थियो ।