विस्का जात्राको क्रममा आज ५५ हाते लिंगो ठडाइँदै

0
70

भक्तपुर । आज मंगलबार भक्तपुरको प्रसिद्ध विस्का जात्राको क्रममा ५५ हात लामो लिंगो उठाइँंदैछ। आठ रात नौ दिन लामो विस्का जात्राको यो मुख्य आकर्षक दिन हो।
भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेलमा राखिएको लिंगोलाई डोरीको सहायताले सयौं मानिसले तानेर उठाइन्छ । विस्का जात्रामा लिंगो उठाउने भएकैले यो ठाउँं ल्योसिंखेल ९लिंगो उठाउने ठाउँं० को नामले सुपरिचित छ । विस्का जात्राको क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन अर्थात् यो वर्ष चैत ३१ गते मंगलबार लिंगो उठाइन्छ ।
लिंगो उठाउने कार्य प्रत्येक वर्ष साँंझबाट सुरु हुन्छ । साँंझबाट उठाउन सुरु गरिएको लिंगो कहिलेभित्र उठ्छ त्यसको कुनै निश्चितता हुँंदैन । सयौं मानिसले एकसाथ डोरी तानेर उठाउनुपर्ने भएकाले लिंगो उठ्ने समय अनिश्चित हुने गरेको हो । साथै असंगठित समूहले उठाउने भएकाले पनि लिंगो उठने समय निश्चित हुन नसकेको हो ।
५५ हात लामो लिंगो उठाउन मुश्किल पनि हुने भएकाले कुनै वर्षहरुमा उक्त दिन लिंगो नउठने गरेको पनि इतिहास छ । साथै कुनै वर्ष लिंगो राति १० एघार बजेमात्रै उठाउन सकिएको इतिहास पनि छ ।
लामो लिंगो उठाउनुपर्ने भएकाले कहिलेकाही उठाउँंदाउठाउँंदै भाच्ने पनि गरेका छन् । त्यसो हुनाले एउटा मात्रै लिंगो उठाउने भए पनि अर्को एउटा थप जगेडा गरी जात्रास्थलमा दुई वटा लिंगो राखिन्छ । ताकि पहिला उठाउन सुरु गरेको लिंगो उठाउने क्रममा भाँंचियो भने अर्को उठाउन सकियोस् ।
गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले यो वर्ष नयाँं लिंगो उठाउने बताए । यो वर्षका लागि नयाँं लिंगो ल्याइएको जानकारी उनले गराए । प्रत्येक वर्ष पुरानो लिंगो दुई वटा स्टकमा नरहेपछि अर्को नयाँं लिंगो ल्याउने गरिन्छ । लिंगो भक्तपुरकै लिंगो बनबाट काटेर ल्याउने गरिन्छ ।
कोरोनाका कारण जात्रालाई व्यवस्थित गर्न भक्तपुर नगरपालिकाले यो वर्ष तालिका नै बनाएको छ । त्यस अनुसार पाँंच बजेभित्र लिंगो उठाइसक्ने उल्लेख छ । तर भीडले गर्नुपर्ने काम भएकाले निश्चित समयमा काम नहुने निश्चित प्रायः छ ।
जात्रा शनिबारदेखि सुरु भएको थियो । भक्तपुर नगरको प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु भएको थियो । प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडि अर्थात् यो वर्ष चैत २८ गते शनिबारदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले काठैकाठले नाएको करिव ३० फिट अग्लो भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ भएको थियो । भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ ।