उठेन विस्काःको लिङ्गो, आज उठाइने

0
37

भक्तपुर । विस्का जात्राको चौंथो दिन अर्थात पुरानो वर्षको रात नयाँ वर्षलाई स्वागतका लागि भक्तपुरमा उठाइने विस्काःकाको लिङ्गोे मध्यरात सम्म प्रयास गर्दा पनि नउठेको हो ।
भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो हात भएको तर नाक नभएको लिङ्गो ठड्याइने गरेको छ ।
बेलुकाको समयमा भैरव नाथको रथलाई गहिटिवाट भेलुखेलमा ताने पछि काशी भैरवनाथको प्रतिक मानिने लिङ्गो तान्त्रिक विधिअनुरुप पुजाअर्चना गरि अष्टमात्रृकाका प्रतिक आठ वटा डोरीले तानेर उठाइने गरिन्छ ।
पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा उठाउने उक्त लिङ्गोकोे कोखामा (टुप्पोमा) नाग र नागिनिको प्रतिक स्वरुप दुईवटा विश्वध्वजा अर्थात हलिंपत ध्वजा वाँधेरे अष्टमात्रृकाका प्रतिक आठ वटा डोरीले तान्नेर उठाइने प्रचलन रहेको छ ।
प्रत्येक वर्ष चैत मसान्तका दिन लिङ्गो ठड्याएर बैशाखको पहिलो दिन अथार्त १ गतेका दिन सोहि लिङ्गो ढालिने परम्परा रहेको छ । तर यो वर्ष भने भर प्रयास गर्दा पनि लिङ्गो आज सम्म पनि उठ्न सकेको छैन ।

लिङ्गो ठड्याउने क्रममा भैरवनाथ, भद्रकाली र नवदुर्गा देवगण समेत यहाँ समुपस्थित हुने प्रचलन रहेको छ ।
लिङ्गोको कोखामा झूण्ड्याइएका दुई वटा ध्वजाहरुलाई वीरध्वजा, विश्वध्वजा, र आकासभैरवका ध्वजाहरु समेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि,सहकाल आउनुका साथै शत्रुहरु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकोले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ । लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो, मल्ल राजाहरुले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पुजा विधि विधानहरु समेत थप गरी आठ रात नौ दिन सम्म जात्रा मनाउने प्रचलन थालिएको इतिहास तथा संस्कृतिवि विध प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठ वताउनु हुन्छ । भक्तपुरको प्रसिद्घ बिस्केट जात्रा सर्प अर्थात नागनागिनी मारियो भन्ने भावमा धुमधामका साथ मनाउँदै आइरहेको किम्वंदन्ती रहेको छ ।
विस्काको लिङ्गो मसन्ताको दिन मध्यरात सम्म पनि नउठेपछि विभिन्न पुजा आजा गर्दैै अहिले उक्त लिङ्गो उठाउन लागिएको छ । लिङ्गो

उठेपछि आज नै विभिन्न पुजाआजा गरेर आज नै ढालिने छ ।

किन उठेन विस्केटको लिंगो ?

साँंझ साढे पाँंच बजेबाट तान्न सुरु गरिएको लिंगो राति १२ बजेसम्मको अनवतर प्रयासपछि पनि लिंगो उठाउन सफल भएन ।
भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेलमा राखिएको लिंगोलाई डोरीको सहायताले सयौं मानिसले तानेर उठाउने प्रयास गरेका थिए । तर सकिएन । धेरै वर्षपछि यो वर्ष यसरी निर्धारित दिनमा लिंगो उठाउन नसकिएको हो । सामान्यतया प्रत्यके वर्ष निर्धारित दिनमै लिगो उठाउन सफल हुन्थ्यो । विस्का जात्राको क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन (यो वर्ष चैत ३१ गते मंगलबार) यहाँं यसरी नै हर्षाेल्लाका साथ हजारौ मानिसको सहभागितामा लिंगो उठाउने हुन्थ्यो ।
मंगलबार उठाउन नसकिएको लिंगोलाई आज बुधबार पुनः उठाइनेछ । त्यसपछि उठाएको एक दुई घण्टामै त्यसलाई आजै ढालिनेछ । कुनै वर्ष वर्षको अन्तिम दिन उठाउन नसक्दा त्यसको भोलिपल्ट उठाउने र त्यही दिन ढाल्ने गरिन्छ । उठाइएको यो लिंगोलाई प्रत्येक वर्ष नर्याँ वर्षको बैशाख १ गते साँंझ ढालिन्छ ।
लिंगो नउठे पनि साविक जस्तै त्यहाँं दिनभर मेला लागेको हुन्छ । मेला भर्न आउनेहरुको दिनभर मेला लागेको हुन्छ । मेला भर्न दिनभर काठमाडौं उपत्यकासहितबाट हजारौ मानिस यहाँं आउने गर्दछन् ।
यसअघि मंगलबार नै विहान भक्तपुरको पोटरी स्क्वायरमा हात नभएको लिंगो उठाएको थियो । यस्तै मध्यपुर थिमिको बोडेमा पनि हात नभएको लिंगो उठाएको थियो ।
कोरोनाका कारण जात्रालाई व्यवस्थित गर्न भक्तपुर नगरपालिकाले यो वर्ष तालिका नै बनाएको थियो । तर तालिका अनुसार पाँंच बजेभित्र लिंगो उठाइसक्ने उल्लेख भए पनि समय तालिका अनुसार काम हुन सकेन । भीडले गर्नुपर्ने काम भएकाले निश्चित समयमा काम हुन नसकेको हो ।
भक्तपुरको विस्का जात्रा शनिबारदेखि सुरु भएको थियो । भक्तपुर नगरको प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु भएको थियो । प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडि अर्थात् यो वर्ष चैत २८ गते शनिबारदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले काठैकाठले नाएको करिव ३० फिट अग्लो भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ भएको थियो । भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । आठ रात नौ दिन लामो विस्केट जात्राको मुख्य आकर्षण यही हात भएको लिंगो उठाउनु हो । यो वर्ष किन लिगो उठाउन सकिएन यसको विश्लेषण हुनु आवश्यक छ ।