एक दिन पछि उभियो विस्काको लिंगो

0
31

भक्तपुर । विस्का जात्राको चौंथो दिन अर्थात पुरानो वर्षको रात नयाँ वर्षलाई स्वागतका लागि भक्तपुरमा उठाइने विस्काःकाको लिंगो अघिल्लो दिन देखि प्रयास गर्दा नयाँ वर्षको दिन साँझ उभिएको छ । अधिल्लो दिन मध्यरात सम्म प्रयास गर्दा पनि लिंगो नउठेको हो ।
लिंगो उभ्याउनका लागि यो वर्ष भक्तपुरबासीलाई २५ घण्टा लागेको थियो ।
भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो हात भएको तर नाक नभएको लिङ्गो ठड्याइने गरेको छ ।
बेलुकाको समयमा भैरव नाथको रथलाई गहिटिवाट भेलुखेलमा ताने पछि काशी भैरवनाथको प्रतिक मानिने लिङ्गो तान्त्रिक विधिअनुरुप पुजाअर्चना गरि अष्टमात्रृकाका प्रतिक आठ वटा डोरीले तानेर उठाइने गरिन्छ ।
पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा उठाउने उक्त लिङ्गोकोे कोखामा (टुप्पोमा) नाग र नागिनिको प्रतिक स्वरुप दुईवटा विश्वध्वजा अर्थात हलिंपत ध्वजा वाँधेरे अष्टमात्रृकाका प्रतिक आठ वटा डोरीले तान्नेर उठाइने प्रचलन रहेको छ ।
प्रत्येक वर्ष चैत मसान्तका दिन लिङ्गो ठड्याएर बैशाखको पहिलो दिन अथार्त १ गतेका दिन सोहि लिङ्गो ढालिने परम्परा रहेको छ । तर यो वर्ष भने भर प्रयास गर्दा पनि लिङ्गो आज सम्म पनि उठ्न सकेको छैन ।

लिङ्गो ठड्याउने क्रममा भैरवनाथ, भद्रकाली र नवदुर्गा देवगण समेत यहाँ समुपस्थित हुने प्रचलन रहेको छ ।
लिङ्गोको कोखामा झूण्ड्याइएका दुई वटा ध्वजाहरुलाई वीरध्वजा, विश्वध्वजा, र आकासभैरवका ध्वजाहरु समेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि,सहकाल आउनुका साथै शत्रुहरु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकोले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ । लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो, मल्ल राजाहरुले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पुजा विधि विधानहरु समेत थप गरी आठ रात नौ दिन सम्म जात्रा मनाउने प्रचलन थालिएको इतिहास तथा संस्कृतिवि विध प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठ वताउनु हुन्छ । भक्तपुरको प्रसिद्घ बिस्केट जात्रा सर्प अर्थात नागनागिनी मारियो भन्ने भावमा धुमधामका साथ मनाउँदै आइरहेको किम्वंदन्ती रहेको छ ।
विस्काको लिङ्गो मसन्ताको दिन मध्यरात सम्म पनि नउठेपछि विभिन्न पुजा आजा गर्दैै बुधबार विहान देखि उभ्याउन लागेको लिंगो बुधबार साँझ उभिएको थियो ।
लिंगो उठेपछि बुधबार नै विभिन्न पुजाआजा गरेर ढालिएको छ ।