बाल अधिकार सचेतना समूहद्धारा पन्चकन्यामा बाल कार्यक्रम

0
28

भक्तपुर । । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, प्रदेश कार्यालय हेटौडा को सहयोगमा चाँगुनारायण नगरपालिका वडा नं। ८,सुडाल भक्तपुर स्थित श्री पन्च कन्या माविमा गठित बाल अधिकार सचेतना समुहले विद्यालयमा बाल कार्यक्रम सम्पन्न गरेको छ । बाल अधिकार समुहले तिन चरणको गरी सम्पन्न गरिएको थियो ।

माध्यामिक तहमा शहरिया जिवन भन्दा गाँउले जिवन बेस बिषयमा ६ जना र आधारभुत तहमा तरबार भन्दा कलम ठुलो विषयमा ९ जना को सहभागिता रहेका थियो भने कक्षा १ देखि ५ कक्षा सम्मका विद्यार्थी बालबालिकाहरुको लागि मेमोरी खेल प्रतियोगिता गरी प्रथम, दितीय र तृतिया भएका तिनै तहका विजेता भएका बाल बालिका हरुलाई मेडल सहित पुरस्कृत गरिको थियो ।

बादविबाद प्रतियोगिता बाल अधिकार सचेतना समुहले आफ्नो विद्यालयमा बाल बालिकाको शिक्षामा मात्रै नभई विद्यालय स्तरीय आन्तरिक कृयाकलापलाई पनि बढवा दिनु पर्ने र बाल अधिकार सचेतना समुह मार्फत लामो समय सम्म कोरोना महामारी गर्दा अगाडी बढ्न नसकेको विविध आन्तरिक कृयाकलापहरुलाई समय अनुकुल पारि नव बर्ष २०७८ सालको आगामन को शुभकामना आदान प्रदान गर्ने उदेश्यले पनि कार्यक्रमलाई प्राथमिकतामा राखिएको थियो ।

विद्यालयमा अध्ययनरत मा वि स्तरिय मा प्रथम राधा दुलाल, दितिय अमिर दुलाल र आयुष दुलालले तृतिया स्थान हासिल गरेको थिए । आधारभुत तहमा प्रथम पुर्णिमा श्रेष्ठ,दितिय सन्ध्या घिमिरे र तृतिय रन्जिता राय भएकी थिइन प्रथम,द्धितिया,तृतिया र सहभागिलाई इन्सेक द्धारा पुरस्कारको व्यवस्थापन गरिएको थियो ।

कार्यक्रम विद्यालयको हलमा भएको थियो । विद्यालयको सम्वन्यमा भएको सो कार्यक्रममा विद्यालय का शिक्षकद्धय सुनिता कार्की र राम हरि अधिकारी सहित इन्सेक सहजकर्ता राजु मंग्रातीले निर्णायक मण्डलमा रहनु भएको थियो ।

विद्यालयका प्राचार्य नारायण प्रसाद दुलालले बिद्यालयमा समय समयमा बालबालिकाहरुको स्तर बुद्धिका लागि बाल बालिकाहरु विच प्रतिस्पर्धामुलक प्रतियोगिताहरु गरिनु पर्ने र यस कार्यमा इन्सेकले गरेको साथ र सहयोगलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै भुमिकाको अपेक्षा रहेका जानकारी गराउनु भयो ।

पछि भएको कार्यक्रमले विद्यार्थी भाइ बहिनीहरुमा पढ्ने भन्दा बाहेक बाहिरी कृलाकलापहरुमा पनि आफनो प्रतिभा देखाउने अवसर मिलाईदिनमा विशेष भुमिका निर्वाह गर्ने इन्सेक लाई धन्यावद दिदै आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन बाल अधिाकार सचेतना समुहलाई साथ र सहयोग गर्न विद्यालय सधै तयार रहेको बताउनु भयो ।

कार्यक्रममा बाल अधिकार सचेतना समुह का संयोजत्वमा पुष्पा दुलालले अध्यक्ष्यता मा प्रमुख अतिथि नारायण प्रसाद दुलाल र विशेष अतिथिमा मानब अधिकार निगरानी समुहका चाँ।न।पा। संयोजक बच्चुराम न्यौपाने र शिक्षकहरुले गर्नु भएको थियो ।

इन्सेक सहजकर्ता राजु मंग्राती ले समय अनुकुलता अनुसार विविध कार्यक्रमहरु आयोजना गर्नु पनि बाल अधिकार सचेतना समुहलाई आग्रह गर्नु भयो ।

कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी संरक्षक शिक्षक विष्णु महतारा र कार्यक्रम सन्चालन लक्ष्मी गजुरेलले गर्नु भएको थियो ।