नेपाल राष्ट्रिय शिक्षक संगठन सुनपा ७ समिति गठन

0
54

भक्तपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन सूर्यविनायक नगरपालिका वडा नं. ७ को वडा समिति गठन भएको छ । सुनिता देउँजाको अध्यक्षतामा नौ सदस्यीय समिति शनिवार गठन भएको हो । उक्त समितिमा उपाध्यक्ष मूना खड्का, सचिव मिलन कायस्थ चयन हुनु भएको छ । भने अन्य ६ जना समितिको सदस्य चयन हुनु भएको छ ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द सापकोटाले शिक्षकले राम्रो अध्यापन गराउँदा त्यसको असर घर, परिवार, समाज र समग्र राष्ट्रमा पर्ने भएकाले शिक्षकसँग सबै क्षेत्रको ज्ञान हुनुपर्ने बताउनुभयो । समाजलाई डो¥याउने शिक्षकले समाज रुपान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्न सक्ने भन्दै उहाँले शिक्षकले बाबलबालिकालाई राम्रोसँग पठापाठन गर्दा समग्र पक्ष नै राम्रो हुने स्पष्ट गर्नुभयो । सो अवसरमा सूर्यविनायक नगरपालिका वडा नं. ७ नेकपा (एमाले) संयोजक नन्दकुमार नगरकोटी, नेकपा एमाले जिल्ला कमिटि सदस्य मनकराम थापा, शिक्षक संगठन सूर्यविनायक नगर समिति अध्यक्ष कृष्णहरि कार्की र सचिव राजकुमार बस्नेत, कोषाध्यक्ष मुरारीप्रसाद घिमिरेलगायतले नवगठित समितिका पदाधिकारीलाई बधाइ तथा शुभकामना प्रदान गर्नुभयो ।
उक्त कार्यक्रममा शिक्षक संगठन नगर समितिका सल्लाकार नारायणप्रसाद पोखरेल र बच्चुराम थापाको सहभागिता रहेको थियो । शिक्षक संगठन वडा समिति गठन गर्ने सूर्यविनायक नगरपालिका वडा नं. ७ पहिलो वडा समिति भएको छ ।