विश्वकै अग्लो त्रिशूल निर्माणमा जुटे भक्तपुरबासी

0
148

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ५ छालिङको मुलकोट गढी अर्थात त्रिशूल डाँडामा विश्वको नै अग्लो त्रिसुल निर्माणमा भक्तपुरका सम्पूण जुटेका छन् ।
महाँकाल त्रिशूलडाँडा उपभोक्ता विसा संस्था गुरु गोरखनाथ मन्दिर निर्माण तथा त्रिशूल स्थापना सचिवालयको आयोजनामा भएको गोरखनाथ मन्दिर निर्माण तथा १०० फिट अग्लो त्रिसुल स्थापना सम्वन्धी योजनाबारे जानकारी कार्यक्रम मार्फत भक्तपुरका सम्पूर्ण जुटेका हुन् ।

विश्व शान्तिको स्थापनार्थ चाँगुनारायण नगरपालिका वडा नम्वर ५ मा विश्वको नै अग्लो त्रिशूल निर्माण हुन लागेको हो ।
जमिन मुनिको भाग ११ फिट , माथी १०० फिट र त्यसमाथी १० फिट गरी जम्म उचाई १२१ फिट अग्लो त्रिशूल निर्माण हुने छ ।
त्रिशूल तथा गोरखनाथ मन्दिर निर्माण गर्दै ऐतिहाँसिक महत्व बोकेको उक्त क्षेत्रलाई धार्मिक तथा पर्यटकिय स्थलको रुपमा विकास गर्न उक्त कार्यक्रमको आयोजना गरिएको सचिवालय अध्यक्ष जिवन खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा नै पहिलो विश्व सम्पदा सुचिमा सुचिकृत चाँगुनारायण मन्दिर सँगै रहेको त्रिशूल डाँडा मुलकोट गढी आफैमा ऐतिहाँसिक स्थान हो । यसको प्रचार प्रसार र निर्माण अभाबका कारण यो छायाँमा परेको छ । यसको विकास एवं प्रचार प्रसारको हेतु भक्तपुर जिल्ला भरका जनप्रतिनिधि जिल्ला समन्वय समितिका पदाधिकारीहरु ,राजनीतिक दलका प्रतिनिधी निजामती सेवामा रहनुभएका विभिन्न कर्मचारीहरु तथा पत्रकार एवं उद्यमीहरुलाई यसको विषयमा जानकारी दिनका लागि सचिवालयले उक्त कार्यक्रम गरेको समेत उहाँले जानकारी दिनुभयो ।


कार्यक्रममा वागमति प्रदेस सभा सदस्य कृष्णलाल भँडेलले मुलकोट गढी र यसमा बन्न लागेका संरचनाका विषयमा जानकारी दिदै कसरी यसको विकास एवं प्रचार प्रसारमा हामी सबै एक जुट भएर लाग्ने भन्ने विषयमा बोल्नु भएको थियो । उहाँको विश्वको नै अग्लो त्रिशूल सँगै धार्मिक पर्यटन प्रवद्दनमा भक्तपुरलाई एक यो कोसेढुंगा सावित हुने बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा जिल्ला समन्व समितिका सभापति नवराज गेलालले मुलकोट गढीको विषयमा ऐतिहाँसिक पक्षको पनि उत्खनन गर्दै विभिन्न विज्ञको राय सल्लाह सुझबमा कामलाई अगाडी बढाउनु पर्ने बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा वागमति प्रदेश सभा सदस्यहरु रजनी जोन्छे र प्रतिमा श्रेष्ठले बन्ने संरचना तथा त्रिशूल सँगै उक्त स्थानको विकासमा समेत टेवा पुग्ने बताउनुभएको थियो ।


कार्यक्रममा डोलेश्वरका पूर्व अध्यक्ष विदुर मान सिंह बस्नेत , चानपा वडा नम्वर ५ का वडा अध्यक्ष जयन्द्र खड्का, राप्रपाका केन्द्रिय सदस्य रविन्द्र प्रताप साह, पत्रकार महासंघका अध्यक्ष जगत प्रजापति, समाजसेवी पदम पौडेल, माओवादी केन्द्रका जिल्ला अध्यक्ष डीपी ढकाल, राप्रपाका नेता माधब खत्री, नेपाली काँग्रेसका नेता राजाराम खड्का लगाएतका वक्ताले अव कसरी उक्त स्थानको विकासमा जुट्ने भन्ने सम्वन्धमा बोल्नुभएको थियो ।
त्रिशूल बनाउन पुराना भाँडाकुँडा उठाउने
जनताको सहभागितामा नै विश्वको अग्लो त्रिशूल निर्माण गर्ने अवधारण अनुसार नै पुराना भाँडाकुँडा उठाएर १२१ फिट अग्लो त्रिशूल निर्माण गरिने भएको छ । मुलकोट गढी मा बन्न लागेको त्रिशूल एवं गोरखनाथ मन्दिरमा लाग्ने धातुका लागि देश भरका जनसहभागितामा घरमा खेर गएर फालिएका भाँडाकुँडा जम्मा गरेर बनाउने भन्ने अवधारणामा पुगिएको छ ।