शिवपुरीमा भौतिक रूपमा सञ्चालन भएका कक्षा र परिक्षा स्थगन

0
3

नुवाकोट, (शिवपुरी) । शिवपुरी गाउँपालिकाले बुधवारदेखि पालिका भित्रका सबै विद्यालय अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
पालिका भित्रका विद्यालयमा भौतिक रुपमा सञ्चालन हुँदै आएका कक्षा र सबै प्रकारका परिक्षा स्थागन गर्ने निर्णय गरेको हो । कोरोनाको दोस्रो लहर बढ्दै गएको सन्दर्भमा मन्त्रीपरिषद्को वैशाख १३ गतेको निर्णय अनुसार शिवपुरी गाउँ शिक्षा समितिको सोमवार बसेको बैठकले पालिकाभित्रका सबै विद्यालय बुधवारदेखि भौतिक रुपमा सञ्चालन भएका सबै कक्षा र परिक्षा स्थगित गरिएको हो ।
गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख ज्ञानेन्द्र भट्टद्धारा जारी सूचनामा सो कुरा उल्लेख गरिएको छ । शिक्षा समितिले गरेको निर्णय कार्यान्वयन गर्न सरोकारवाला सबैलाई आग्रह गरिएको छ । गाउँपालिकाले यस अघिदेखि नै कोरोना बिरुद्ध उच्च सतेतना अपनाँउदै आएको छ ।