वागमती प्रदेशमा थपिए तीन मन्त्री राज्यमन्त्री

0
5

हेटौंडा । वाग्मती प्रदेश सरकारले मन्त्री र राज्य मन्त्री थप गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्री, सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिश गरेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

थपिएका मन्त्रीहरुको शपथ बुधबार दिउँसो ४ बजेका लागि तोकिएको स्रोतले जनाएको छ ।