उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्ने दुई हजार ३९ गाडी नियन्त्रणमा

0
20

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्ने दुई हजारभन्दा धेरै गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरीले बिहीवार निषेधाज्ञा नटेर्ने दुई हजार ३९ गाडी नियन्त्रणमा लिइएको जनाएको छ । दुई पाङ्ग्रे एक हजार चार सय ८८ वटा र चार पाङ्ग्रे पाँच सय ५१ वटा गाडीलाई नियन्त्रणमा लिएर छाडिएको प्रहरीले जनाएको छ ।

सरकारले तोकेका मापदण्ड बाहिरका गाडी नचलाउन पनि प्रहरीले आग्रह गरेको छ ।