सुडालका पूर्व गाविस उपाध्यक्षको निधन

0
85

सुडाल । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ साविक सुडाल गाविसका उपाध्यक्ष सहकुल पुरीको निधन भएको छ ।
२०५४ सालको निर्वचनमा उहाँ सुडालमा उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
उहाँको निधन ५९ वर्षको उमेरमा भएको हो ।
नेकपा एमालेमा रहेर लामो समय देखि कम्युनिष्ट आन्दोलनलाई साथ दिदै आउनुभएका पुरीलाई नेकपा एमालेका जिल्ला इन्चार्ज एवं चाँगुनरायण नगरपालिका का प्रमुख सोमप्रसाद मिश्र जिल्ला अध्यक्ष वचन देउजा र चनपा वडा नम्वर ८ का वडा अध्यक्ष सुवास तिमिल्सेनाले पार्टीको झण्डा ओढाएर अन्तिम विदा गर्नुभएको थियो ।
पुरीको आइतवार विहान १ बजे धुनिखेल अस्पतालमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिनुभएको छ ।
उहाँको पार्थिव शरिरलाई भक्तपुरको हनुमानघाटमा अन्त्यस्टी गरिएको छ ।
उहाँका आज नै जन्म दिन समेत रहेको थियो ।