भक्तपुरका चार पत्रकारमा कोरोना संक्रमण

0
0

भक्तपुर । भक्तपुरमा कार्यरत चार पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको पत्रकार महासंघ भक्तपुरले जानकारी दिएको छ ।
पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापतिका अनुसार हाल सम्म चार पत्रकार साथीहरुमा कोरोना संक्रमण देखिएको हो ।
उहाँका अनुसार चार पत्रकार मध्य एक जनाको नेपाल कोरिया मैत्री अस्पतालको आइसीयूमा, एक जना भक्तपुर अस्पतालमा उपचाररत रहनुभएको छ भने दुई जना होम आइसोलेसनमा रहनुभएको छ ।
उहाँका अनुसार चारै जनाको स्वास्थ्यमा केही सुधार आएको छ ।
अध्यक्ष प्रजापतिले अन्य साथीहरुमा पनि कोरोना संक्रमण हुन सक्ने भन्दै सबैले स्वास्थ्य मापदण्ड अपनाएर मात्र कार्यक्षेत्रमा खटिन आग्रह गर्नुभएको छ ।
भक्तपुर पत्रकार महासंघमा आवद्द तीन पुरुष र एक महिला पत्रकारमा हाल कोरोना संक्रमण देखिएको आफूहरुलाई जानकारी आएको र महासंघमा आवद्द बाहेक अन्य पत्रकारमा पनि संक्रमण भएको हुन सक्ने भन्दै आफूले यसको विषयमा जानकारी बटुल्दै रहेको प्रजापतिले जानकारी दिनुभयो ।