भक्तपुरमा खाद्य सामग्रीको भाउ आकासियो अनुगमन फितलो, उपभोक्ता मारमा

0
0

भक्तपुर । सोयाविन एक बोरा दिनु न भन्दै होलसेल पसलमा खुद्रा पसले प्रकाश पुगे ।
पसलेले भने १६०० रुपैंया ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ८ का खुद्रा पसले प्रकास शर्माको सात्तो गयो । पाँच दिन अगाडी ९८० बोराको दरले खरिद गरेको सोयाविनको भाउ सुनेर उनी छक्क परे ।
किन यति धेरै महंगो बोरामा १२०० मात्र लेखेको छ ।
त्यो माथी अघिल्लो हप्ता ९८० लिएको अहिले यति महंगो भन्दा ।
पसलेले भने यो पनि पाउन गाहे हुन्छ लानि भए लानु नत्र छैन ।
तोरिको तेल पनि हाल्दीनुन ।
तेलमा पनि २०० रुपैंया बढेको छ होलसेलमा नै ।
बाक्सामा लेखेको भन्दा ४०० महंगो भयो त ।
बाक्सामा लेखेर पठाउँदा र अहिले फरक भयो महंगो नै छ यहि त पाउन गाहे छ । भन्दै बाक्साको २६०० पर्ने उनले बताए ।
यस्तै दाल , चामल, चिनी , चिउरा लगाएत सम्पूर्ण खाद्य सामग्रीको भाउ अघिल्लो साता भन्दा दुई सय देखि पाँच सय सम्म बढेको उनले बताए ।
अव खुद्रामा कसरी विक्री गर्ने प्रकाशले भने ।
सल्लाघारी र कमलविनायकको होलसेलबाट सामान उठाउने गरेका उनी समानको भाउ सुन्दा नै छक्क परेको बताउँछन् ।
हामीले गाउँबाट ल्याउने दुध तरकारीको भाउ भने दिन प्रति दिन खस्कदो छ । हामीले त्यही सामान बजारमा किन्दा आसिएको भाउ छ ।
हामी जस्ता साना खुद्रा पसलेले यसमा पनि नाफा भाडा जोड्नै पर्यो अनी यो सामान कसरी बेच्न आफ्ना ग्राहक पनि मार्कमा परेको उनले सुनाए ।
यो कोरोनाले गरी खानेलाई मार्ने भयो । प्रशासन र स्थानीय निकाय तथा अनुगमन कर्ता कुन दुलामा पसे थाह छैन उनले सुनाए ।
भक्तपुर नगरापालिका वडा नम्वर ८ लिवालिमा बस्ने प्रेम लामालाई पनि कोरोनाभन्दा निषेधाज्ञामा खान नपाएर मरिन्छ की भन्ने चिन्ता छ । निषेधाज्ञा अगाडिको भन्दा अहिले बजारमा सामानको मूल्य बढेको उहाँले सुनाउनुभयो । ‘खानेतेल ३ सय रुपैयाँ लिटर थियो अहिले १० रुपैयाँ बढेछ, १ सय २० रुपैयाँ धार्नी आलु दुई, तीन दिनमै १ सय ६० रे’ उहाँले एकैपटक सुनाउनुभयो ।
पोहोर सालको लकडाउन, भक्तपुरमै बिताउनुभएका उहाँलाई यो वर्षको निषेधाज्ञा कसरी कट्छ भन्ने चिन्ता बढेको छ । ‘सरकारले गाउँ जान दिएको समयमा गाउँ फर्किन सकिएन, अब कसरी बस्ने होला ?’ चिन्तित हुँदै उहाँले भन्नुभयो ।
यी त केही प्रतिनिधिमूलक पात्र मात्र हुन् । निषेधाज्ञालाई बहाना बनाएर र महामारीको मौका छोपेर केही व्यापारीहरुले सामानको मूल्य बढाउने गरेका छन् । पसलैपिच्छे सामानको भाउ फरकफरक छ । निषेधाज्ञा भएको २÷३ दिनमै खाद्य सामग्रीको भाउ छोइसक्नु छैन ।
सरकारले प्रभावकारी अनुगमन गर्न नसकेकाले पसलेहरुले कृत्रिम अभाव सिर्जना गरेर सास्ती दिएको उपभोक्ताको गुनासो छ ।