भक्तपुरमा २२२ जना सहित ७४४८ संक्रमित, ३७ को मृत्यु

0
0

भक्तपुर । कोरोनाको दोस्रो लहर सँगै दिन प्रतिदिन यसको संक्रमण दर पनि बढदो रहेको छ ।
सोमबार काठमाडौं उपत्यकामा थप ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा कूल ३ हजार ६६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा २ हजार ९२२ जना, भक्तपुरमा २२२ जना र ललितपुरमा ५२२ जनामा संक्रमण देखिएको हो ।
यस्तै गत २४ घण्टामा सात हजार ४ सय ४८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । १७ हजार १ सय ७६ जनमा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी ३७ जनाको मृत्यु भएको छ । हालसम्म तीन हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको छ। संक्रमणमुक्त २ हजार २१ भएका र हालसम्म २ लाख ८६ हजार १५ जना संक्रमणमुक्त भइसकेका छन् ।

हालसम्म २५ लाख २१ हजार १ सय ६४ जनाको पिसिआर परीक्षण गरेको छ।