भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा फेला एकको मृत्यु

0
9

भक्तपुर । भक्तपुरमा एकै परिवारका ३ जना अचेत अवस्थामा फेला परेका छन् । सुर्यविनायक नगरपालिका वडा नं १० मिलन चोक स्थित वर्ष ६२ को कान्छा ङाखुसीको ३ तले पक्की घरको भुईतलामा डेराकोठामा बस्ने उनीहरु डेरामा नै अचेत अवस्थामा फेला परेका हुन।
तीन जनामा एकजनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोक तिमाल गाँउपालिका ३ गुडुवाल घर भई हाल नाखुसीको घरमा डेरा गरी बस्ने वर्ष २२ की सुनिता तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएका छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक दिपक गिरीले अचेत अवस्थामा मृतककी आमा वर्ष ४० की शान्ती माया ब्लोन तामाङ, बहिनी वर्ष १८ की अनिता तामाङलाई उपचार भईरहेको बताए ।
मध्यपुर अस्पतालमा उपचार भईरहेको उनले जानकारी गराए । अनुसन्धानको क्रममा घटना स्थलको प्रकृति हेर्दा अनिता तामाङ सुत्केरी भएकोले सुत्केरीलाई सेकताप गर्न मकलमा बालेको कोइला रहेको, कोठा सम्पुर्ण झ्याल ढोका भित्रबाट बन्द अवस्था रही प्रयाप्त मात्रामा अक्सिजन नभएकोले अचेत अवस्थामा भएको भनी अनुमान गरेका छ । अस्पताल जानकारी भए अनुसार निजहरुको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको तर राम्ररी बोल्न नसक्ने अवस्थामा रहेका खुल्न उनले बताए ।
समयमा थाहा नपाएको भए कोठामा बस्ने सबै जना नै वित्ने रहेछन् स्थनीय प्रत्यक्ष दर्शिले बताए । उनीहरुका अनुसार शान्तिका पतिले किन फोन श्रीमतीले उठाइनन खवर गरि दिन नजिकै बस्ने सोनाम तामाङलाई आग्रह गरेपछि उनी गएर हेर्दा सबै अचेत अवस्थामा फेला परेका थिए । उनैले हार गुहार गरी प्रहरी तथा स्थनीयलाई बोलाएका थिए ।
राती एघार बजै नै उनीहरु अचेत भई सकेको फेला परेको छिमेकीहरुले बताए । दिउसो पानी परेको र चिसो भएकाले मकल बालेर सानो नानीलाई सेकेछन् । यतिकै सुतेछन् विहान सम्म थाह नभएको भए सबै एकै चिहान हुने रहेछन् ।
मृतक अनिताको वैषाख १९ गते सुत्केरी भएकी थिईन । उनको नानी भने जेम्स कुसुलेलाई पालन पोषणको लागि जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ ।