भक्तपुर सुडालकी २३ वर्षिय महिला कोरोनाका कारण मृत्यु

0
0
सन्दर्भ फोटो

मर्नेको संख्या १३६
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालकी एक महिलाको भक्तपुर अस्पतालमा कोरोनाको कारण मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार चाँगुनारयण नगरपालिका वडा नम्वर ८ निवासी महिलाको उपचारको क्रममा मृत्युभएको हो ।

मृतक महिलाको एक साता अगाडी मात्र विवाह भएको स्थानीयले जानकारी दिएका छन् । उनी विवाहको पछिल्लो दिन देखि नै उपचारका क्रममा अस्पताल भर्ना भएकी थिइन ।

यससँगै भक्तपुरमा कोरोना संक्रमणको कारण मर्नेको संख्या एकसय ३६ पुगेको छ । जसमा ८८ पुरुष र ४८ जना महिला रहेका छन् ।