जनताको सेवामा निरन्तर क्रियाशिल छौं: अध्यक्ष थापा

0
69

नुवाकोट, (शिवपुरी ) । नुवाकोटको शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले कोरोना रोकथाम र नियन्त्रणका लागि आफ्नै साधन र स्रोतले भ्याएसम्म काम गरिरहेको बताउनुभएको छ । उहाँले थप काम गर्न बजेटको अभाव भएको समेत स्पष्ट गर्नुभयो ।
हाम्रा संवादतातासँग कुरा गर्दै उहाँले गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै यसअघि नै अक्सिजन सहितको २० बेडको आइसोलेशन कक्ष तयार गरि सेवा प्रदान गरेको, स्थानीयको स्वास्थ्यमा ध्यानमा राखी एमबीबीएस डक्टर सहितको स्वास्थ्य सेवा प्रदान गरेका बताउनुभयो । उहाँले भन्नुभयो “गाउँपालिकाले गर्न सक्ने काम हामीले गरेका छौं थप काम गर्न हामीसँग बजेटको अभाव छ ।”
काठमाडौंमा अक्सिजन नपाएका कतिपय बिरामीलाई गाउँपालिकाले बनाएको अक्सिजन सहितको आइसोलेशनमा ल्याएर उपचार गराएको भन्दै थापाले साधन र स्रोत हुने हो भने स्थानीय सरकार काम गर्न सकक्षम छन् भन्ने उदाहरण आफूहरूले देखाएको बताउनुभयो ।
गाउँपालिकाले स्थानीय तहभित्र स्वाब सङ्कलन गरी कोरोना पोजेटिभ देखिएकाको कन्ट्याक टेसिङ्ग गर्ने, स्थानीय तहमा भीडभाड गर्न नदिने, स्वास्थ्य मापदण्ड पालना गर्न टोल टोलमा जनप्रतिनिधिको अगुवाइमा समिति निर्माण गरी अनुगमन गर्ने कार्य गर्दै आएको छ ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले कोरोना रोकथाम र नियन्त्रण कार्यमा गाउँपालिकाले नियमित कार्य गर्दै आएको बताउनुभयो ।
उहाँका अनुसार कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै गाउँपालिकाले सेवालाई निश्चित बार तोकेर सेवा सञ्चालन गर्दै आएको छ ।