वाइसीएल भक्तपुर राहत बोकी आपाङ्ग बृद्दा को घरमा

0
96

भक्तपुर । विश्व आतङ्कित गर्दै आएको कोरोना महामारीको दोस्रो लहरको असरका कारण विद्यमान बन्दाबन्दीले छाक टार्न नै मुस्किल भएका वर्गलाई राहत लिएर भक्तपुर वाइसीएल उनीहरुको घर घर पुगेको छ ।
कोरोना महामारीका कारण काम सँगै माम गुमाउन बाध्य वर्गहरुको चुलोमा आगो बाल्न वाइसीएल नेपाल उनीहरुको घर घर पुगेर राहत वितरण गरेको हो ।


वाइसीएल बागमति प्रदेश सदस्य बिनोद लामिछानेको पहलमा तथा भक्तपुर वाइसीएल संयोजक नरेश वाईबाको बिशेष उपस्थितमा चाँगुनारायण वडा न,८ स्थित अपाङ्ग, सुत्केरी,एकल महिला,बृद्ध बृद्धा, ज्यालादारी, मजदुरी गरेर जिवन यापन गर्दै आएका अति बिपन्न ३० घर परिवार लाई राहत बितरण गरेको हो ।


वाइसीएल नेपाल चाँगुनारायण नगरपालिका वडा नम्वर ८ अध्यक्ष दिपेश लामिछानेका अनुसार विपन्न तथा आर्थिक अवस्था कमजोर भएका अपाङ्ग, सुत्केरी,एकल महिला,बृद्ध बृद्धा, ज्यालादारी, मजदुरी गर्नेहरुलाई रहत प्रदान गरिएको हो ।
पहिलो चरणमा बितरित उक्त राहतमा प्रत्यक परिवारलाई एक बोरा चामल ३० केजी , दाल २ केजी ,तेल २ लिटर,नुन १पाकेट,चिनी२ केजी ,माक्स लगाएतका सरसामान वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।


यसैगरी भक्तपुरको कुनै पनि क्षेत्रमा लकडाउनको कारण दैनिकी छाक टार्न गारो भएको जानकारी पाए जनताको सुख दुःख को संगठन वाइसीयल नेपाल भक्तपुर राहत बोकेर घरमै पुग्ने संयोजक नरेश वाईबा बताउनु भयो।
यस अभियानमा युबा नेताहरु लक्ष्मण दुलाल,मदन ढुङ्गाना,सानु खत्री,जीबन बजगाई,माओवादी केन्द्र वठा न,८ अध्यक्ष मदन श्रेष्ठ लगायत को सकृय सहभागीता रहेको थियो।