मानस र एलिनाको श्वरमा फूल काँडा सार्वजनिक

0
7

भक्तपुर । भाइरल भैदियो बाट ख्याती कमाएका गायक मानस राजको नयाँ गीत सार्वजनिक भएको छ ।
मानसका साथमा एलिना चौहानले पनि उक्त गीतमा आफ्नो श्वर दिएकी छन् ।

लामो समय नेपालमा कलाकारिता र सञ्चार कर्म गरी हाल अस्ट्रेलिया रहेका राजु अर्यालको निर्देशनमा फूल काँडा बोलको गीतको भिडिओ सार्वजनिक भएको हो।

निर्देशक अर्यालकै शब्द रहेको गीतमा एलिना चौहान र मानस राजले स्वर दिएका छन् भन् सुरज पौडेल, आना ढकाल, उत्सव भट्टराई र राजन कुँवरले भिडिओमा अभिनय गरेका छन्।

जितेन न्यौपाने र सागर तामाङले अस्ट्रेलियाका कलाकारसँगै अस्ट्रेलियाका विभिन्न ठाउँलाई क्यामेरामार्फत् उत्कृष्ट कैद गरेका छन्।